आज मितिः २०८३ भाद्र ६ गते

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाण्डौं-


नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ ।

हिजो नेपालले कर्नाटकलाई ५ विकेटले हरायो । कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा देव खनालले ११३ बलमा अविजित एक सय रन बनाए । त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४२ रन बनाएको थियो । नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीनरतीन तथा हेमन्त धामीले दुई विकेट लिए ।

कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले ११६ रनले पराजित गरेको थियो । नेपाली टोली भारतमा थप अभ्यास खेलेपछि एसीसी प्रिमियर कप खेल्न मलेसिया जानेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.