आज मितिः २०८३ भाद्र २९ गते

ताजा अपडेट

बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको उद्धार

बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको उद्धार

काठमाण्डौं- रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता ६० वर्षीया चण्डिका श्रेष्ठको ११ दिनपछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले श्रेष्ठलाई नुवाकोट बिदुर नगरपालिका –१० बेत्रावतीस्थित चार तले घरबाट शनिबार उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हिलोमा थुनिएको अवस्थामा उहाँको उद्धार गरिएको छ । श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत त्रिशुली लगिएको छ ।
Read More
टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

काठमाण्डौं- आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना २१६ मेगावाटको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याईएको छ । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण तरिकाले उद्धार गर्दैछ।
Read More
आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा(आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा(आराधना गरी मनाइँदै

काठमाडौं- आज श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ। भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने…
Read More
पूर्व उर्जामन्त्री घिसिङ र प्रधानमन्त्री शाहविच भेट

पूर्व उर्जामन्त्री घिसिङ र प्रधानमन्त्री शाहविच भेट

काठमाण्डौ - उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व उर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू राख्नु भयो ।wwwwwww भेटका क्रममा घिसिङले अहिले विपद्को सङ्कट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृतरूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उहाँले आग्रह गर्नुभयो । यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले…
Read More
सरकारले बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

सरकारले बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

काठमाडौं- सरकारले आउँदो भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। प्रवक्ता पोखरेलले भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिएका हुन्।
Read More
एसीसी प्रिमियर कपमा आज मलेसिया र नेपाल खेल्दै

एसीसी प्रिमियर कपमा आज मलेसिया र नेपाल खेल्दै

काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज मलेसियासँग खेल्दै छ। बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुने यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ। त्यस्तै मलेसियाले पनि आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ। त्यस्तै, नेपाल रहेको समुह ए मा नेपाल र मलेसियासहित हङकङले पनि आफ्नो पहिलो खेल जितेको छ। त्यस्तै साउदी अरेबियाले आफ्ना दुवै खेल गुमाएको छ भने बहराइनले पहिलो खेलमा हार बेहोरेको छ। नेपालले यसखेलपछि तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो…
Read More
देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ। काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ। बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ। रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन…
Read More
३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान

काठमाडौं- नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक ९हलुका० उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रशिक्षार्थीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मिन प्रसाद खत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार…
Read More
नेपाल ‘ए’ क्रिकेट टोलीले पहिलो एकदिवसीय अभ्यास खेल्दै

नेपाल ‘ए’ क्रिकेट टोलीले पहिलो एकदिवसीय अभ्यास खेल्दै

काठमाण्डौ - अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज पहिलो एकदिवसीय अभ्यास खेल्दैछ । नेपाल क्रिकेट संघ ‘क्यान’ले नेपाल ‘ए’ का लागि तीनवटा अभ्यास खेलको तालिका सार्वजनिक तालिकाअनुसार, नेपाल ‘ए’ टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । आउँदो शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अन्तिम खेल आउँदो आइतबार न्युजिल्यान्ड ‘ए’ सँग हुनेछ । टि–२० श्रृंखलामा नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो । त्यस्तै भिक्टोरिया एकेडेमी, नर्दन टेरिटोरी स्टाइक, बङ्गलादेश हाइ प्रफर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित थियो । टी–२० को अनुभवपछि अब टोली एकदिवसीय फम्र्याटमा अभ्यास खेल खेल्न लागेको हो…
Read More
विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला

विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये १ हजार ११३ जनाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको छ। पहिचानका लागि आवश्यक प्रक्रिया तथा डीएनए नमुना सङ्कलनपछि ८६९ शव व्यवस्थापन गरिएको छ। तीमध्ये १७४ महिला, २५७ पुरुष र ४३८ जनाको लिङ्ग पहिचान हुन सकेको छैन। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.