काठमाडौं - अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ- ललितपुर–२ मा उम्मेदवार चयनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद उत्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो। निर्वाचन क्षेत्रका रास्वपा नेता तथा कार्यकर्ताहरूले खरेललाई सो क्षेत्रबाट टिकट दिनु उपयुक्त नभएको भन्दै आपत्ति जनाएका छन्। ललितपुर–२ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न इच्छुक छन्। तर पार्टी नेतृत्वले उनलाई ललितपुर–१ बाट उम्मेदवारी दिन सुझाव दिएको एक नेताले जानकारी दिए। महर्जन भने २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेको ललितपुर–२ बाटै उम्मेदवार बन्ने चाहेका छन् । २०७९ को निर्वाचनमा महर्जनले ८…
काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो। गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ। बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारीत भै कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरु, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समिक्षा भएको छ। निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा विफ्रिङ्ग भएको छ, साथै सुरक्षा अवस्था…
दमौली - शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकमा आज टिपर दुर्घटना हुँदा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय टिपर चालक रामबहादुर गुरुङको मृत्यु भएको छ । कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिपर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक घाइते भएका थिए । उनको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहान १०ः५६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ। हिजो ९सोमबार० भने यो समय काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४.५ डिग्री सेल्सियसमा झरेको थियो। आज पनि आधिकारिक तापक्रमका लागि फेरि उक्त समय पुनस् मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अघि बिहान सुरुवातमा लिइएको भन्दा थौरै घट्ने सम्भावना हुन्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
काठमाडौं - यही माघ ६ गते देशभर राजनीतिक दलले उमेदवारी दर्ता गराउँदैछन् । लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी उमेदवार चयनमा अहिले व्यस्त छ । रास्वपाले आउँदो माघ ५ गते निर्वाचन केन्द्रित पहिलो चुनावी घोषणासभा जनकपुरमा गर्दै छ । उमेदवारी दर्ताका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा उमेदवारहरु पनि पुग्दैछन् । घोषणासभामा पहिलो पटक रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एउटै मञ्चमा देखिनेछन । रवि–बालेनसहित रास्वपाका चर्चित नेताहरु कहाँ कहाँबाट चुनावी मैदानमा उत्रिँदैछन् रु भन्ने चासो छ । रास्वपाका एक नेताका अनुसार, उमेदवार छनोट फाइनल नभए पनि मोटामोटी एकिन भइसकेको…
चितवन - चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्य सहित भोलि माघ २ गतेदेखि आठौं एग्रीटेक इन्टर नेशनल एक्स्पो हुंँदैछ । उक्त एक्स्पोको वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नु हुंँदैछ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा यही माघ २ देखि ४ गतेसम्म चितवन प्रर्दशनी केन्द्रमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२” हुने भएको हो । एक्स्पोमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजक संस्था मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोको सम्पुर्ण तयारी पुरा भईसकेको जानकारी दिनुभयो । सम्पुर्ण स्टल बुकिङ्ग भईसकेको र प्रर्दशकहरु आईसकेका छन…
चितवन - युक्रेनको सैनिक हिरासतमा रहेका चितवनको खैरहनी नगरपालिका निवासी सुजन सुवेदीको रिहाइको माग गर्दै २०८२ माघ २ गते शुक्रबार भरतपुरको चौबिसकोठी क्षेत्रमा शान्तिपूर्ण र्याली आयोजना गरिने भएको छ। र्याली दिउँसो १२ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। केही वर्षअघि विद्यार्थी भिसामा उज्ज्वल भविष्यको सपना बोकेर रुस पुगेका सुवेदी युक्रेन–रुस युद्ध सुरु भएपछि आर्थिक अभावका कारण अन्यत्र रोजगारी नपाएपछि रसियन सेनामा आबद्ध भएका थिए। सेनामा सहभागी भएको केही महिनापछि उनी परिवारसँग सम्पर्कविहीन भएका थिए। पछि एक युक्रेनी पत्रकारमार्फत आएको भिडियो सन्देश परिवारको ह्वाट्सएपमा प्राप्त भएपछि सुवेदी युक्रेनको सैनिक हिरासतमा रहेको जानकारी परिवारले पाएको थियो। उनका सहोदर भाइ सौजन सुवेदीका अनुसार…
चितवन- माघे संक्रान्तीको अवसरमा दियालो आमा समूहको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि निःशुल्क चिया वितरण कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। नारायगढको गौरेश्वर पशुपति मन्दिर परिसरमा आयोजना गरिएको निशुल्क चियापान कार्यक्रममा नारायणी नदीमा मंकर संक्रान्तिको अवसर पारेर स्नान गर्न आउने भक्क्तजनहरुलाई लक्ष्ति गरी निशुल्क रुपमा चिया बितरण गरिएको दियालो आमा समूहको संस्थापक अध्यक्ष गिता श्रेष्ठले बताउनु भयो । कार्यक्रम दियालो आमा समूहका अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षता तथा शुभद्रा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय बासिन्दाका साथै भक्तmजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस वर्षको कार्यक्रम संस्थाका नि–वर्तमान अध्यक्ष इन्दिरा घिमिरे तथा सचिव रुकमिणी घिमिरेकी सासुआमा एवं संस्थाकी…
काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई १०६ वटा गाडी दिएको छ। भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्राण्डको गाडी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराएको भारतीय दूतावसले जानकारी दिएको छ। जसमा ४५ वटा स्कोर्पियो र ६१ वटा बोलेरो डबल क्याबिन पिक भ्यान रहेको छ। उक्त गाडी नेपालमा ल्याउन आवश्यक पर्ने करछुटका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ। ‘गाडी नेपाल भित्रिन तम्तयार अवस्थामा छन्। अर्थले कर छुटको निर्णय गरेर भन्सारबाट स्वीकृत पाउनेबित्तिकै गाडी नेपाल आउँछ’, दूतावासका एक प्रतिनिधिले भने। सम्भवतस् अर्थले प्रक्रिया टुंग्याएको २र४ दिनभित्र ती गाडी नेपाल भित्रिने…