आज मितिः २०८३ श्रावण १६ गते

विदेश

चितवन सेवा समाज कुवेतद्वारा भरतपुरका क्यान्सर पीडित दण्डपानी रेग्मीलाई आर्थिक सहयोग

चितवन सेवा समाज कुवेतद्वारा भरतपुरका क्यान्सर पीडित दण्डपानी रेग्मीलाई आर्थिक सहयोग

चितवन- चितवन सेवा समाज कुवेतद्वारा क्यान्सर पीडित दण्डपानी रेग्मीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। चितवन सेवा समाज कुवेतमा आबद्ध चितवनबासीहरूको सामूहिक सहयोगबाट संकलित नगद रु। ४०,४०५ (चालिस हजार चार सय पाँच रुपैयाँ) क्यान्सर पीडित भरतपुर–७, कृष्णपुर निवासी रेग्मीलाई हस्तान्तरण गरिएको हो ।   उक्त सहयोग रकम कालिका नगरपालिकामा अवस्थित कार्यसमिति सदस्य अमृता मोक्तानको निवासमा पीडितको परिवारजनको उपस्थितिमा प्रदान गरिएको हो। कार्यक्रमको समन्वय चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष लाल भट्ट, महासचिव मित्रलाल पाण्डे, कोषाध्यक्ष रामबहादुर भट्टराई, आजीवन सदस्य, मानकुमार चौधरी तथा मिडिया कोर्डिनेटर रविलाल भट्टज्यूले गर्नुभएको थियो।   सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष भट्टले उक्त रकम उपचार खर्चमा…
Read More
अमेरिकाबाट हजारौं नेपाली, होन्डुरस र निकारागुवाली टीपीएस धारकहरू देशनिकालामा पर्ने जोखिम 

अमेरिकाबाट हजारौं नेपाली, होन्डुरस र निकारागुवाली टीपीएस धारकहरू देशनिकालामा पर्ने जोखिम 

काठमाडौं - अमेरिकाको एक अदालतले अस्थायी संरक्षित स्थिति ९टीपीएस० अन्तर्गत अमेरिकामा बस्ने अनुमति पाएका नेपालीहरूलाई देशनिकाला गर्न ट्रम्प सरकारलाई अनुमति दिएको छ । नवौं सर्किट कोर्ट अफ अपिल्सले अमेरिकी सरकारलाई नेपाल, होन्डुरस र निकारागुवाका आप्रवासीहरूका लागि अस्थायी संरक्षित स्थिति समाप्त गर्ने निर्णयमा अघि बढ्न अनुमति दिने आदेश जारी गरेको छ। अमेरिकामा टीपीएसअन्तर्गत झन्डै ७ हजार नेपाली बसेका छन्।   तीन न्यायाधीशको प्यानलको निर्णयले २०२५ डिसेम्बर ३१ मा सान फ्रान्सिस्कोस्थित संघीय जिल्ला अदालतले दिएको आदेशलाई उल्ट्याएको छ। सो दिन अमेरिकी जिल्ला न्यायाधीश ट्रिना एल। थोम्पसनले डीएचएस ९डिपार्टमेन्ट अफ होमल्याणड सेक्युरिटी० को टीपीएस समाप्त गर्ने निर्णय प्रशासनिक प्रक्रिया ऐन उल्लङ्घन भएको ठहर…
Read More
पत्रकार महासंघ बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग

पत्रकार महासंघ बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग

काठमाडौं - नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रिय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्वको माग गरेका छन्।   नेपाल पत्रकार महासंघ लेखा समिति सदस्यका उपबिजेता गणेश प्रसाद बन्जाडेले महासंघको केन्द्रिय समितिलाई सम्बोधन गर्दै बुझाएको औपचारिक निवेदनमार्फत प्रवासमा स्थापित पत्रकार महासंघका शाखाहरूलाई विगतदेखि नै उपेक्षा गरिएको गम्भीर आरोप लगाएका छन्।   उनले पत्रमा उल्लेख गरेअनुसार, प्रवासमा बसोबास गर्ने करिब ५० लाख नेपालीको आवाज प्रतिनिधित्व गर्ने बैदेशिक शाखाहरू नेपाली पत्रकारिता प्रवर्द्धन, प्रवासी समुदायका मुद्दा, समाचार र आवाजलाई विश्वसमक्ष पुर्‍याउन सक्रिय रहँदै आए पनि महासंघका विभिन्न निर्वाचन, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागिता सीमित बनाइँदै आएको…
Read More
नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर 

नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर 

काठमाडौं   नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। सम्झौताले नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा, सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदीको रियादमा साधारण श्रमिक ९न्भलभचब िध्यचपभचक० को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।   सम्झौतामा नेपालका…
Read More
नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान

नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान

युएई- नेपाली युवा रिजवान आलमले युएईमा रहेर कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिए पछि उनको चर्चा अरब राष्ट्रहरुदेखि अन्य विभिन्न मुलुकले प्रसंशा गरेका छन । आलमले युएईमा उच्चपद र ओहदामा रहेका तथा राजपरिवारका व्यक्तिहरुसँग नेपाल र नेपालीहरुको लागि सकारात्मक भूमिकामा रहेर कार्य गर्दै आएकोले पनि उनको प्रशंसा अन्तराष्टिय रुपमा चिनिएको हो । उनले जुलाई २०२५ मा नेपालमा जलविद्युत् परियोजनासम्बन्धी एक महत्वपूर्ण प्रत्यक्ष वैदेशिक लगानी (FDI) सम्झौता सफलतापूर्वक सम्पन्न गरेर नेपालको दीर्घकालीन ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। अरब संसदका अध्यक्षसँग ऐतिहासिक तथा व्यापारिक साझेदारी गर्दै प्रत्यक्ष स्थापना उपलब्धि हुनु कुनै पनि नेपाली नागरिकका लागि अत्यन्तै दुर्लभ मानिन्छ। यस उपलब्धिले नेपालको…
Read More
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १५ वर्षको जेल सजाय

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १५ वर्षको जेल सजाय

काठमाण्डौ - मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सम्पत्ति शुद्धीकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनायो । क्वालालम्पुरस्थित उच्च अदालतले यस्तो फैसला सुनाएको थियो । ७२ वर्षीय नजिब सम्पत्ति शुद्धीकरणसम्बन्धी २१ वटा र शक्ति दुरुपयोगका चारवटा अभियोगमा दोषी ठहर भए । नजिबमाथि राष्ट्रको सार्वभौम सम्पत्ति कोष वान मलेसिया विकास बर्हाद ९वानएमडिबी०बाट लगभग २।३ अर्ब मलेसियाली रिंगिट ९५६९ मिलियन० दुरुपयोग गरेको आरोप लगाइएको छ ।     शुक्रबारको फैसला सात वर्षको कानुनी प्रक्रियापछि आएको हो, जसमा ७६ जना साक्षीलाई अदालतमा बोलाइएको थियो । मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा दिइएको यो फैसला २०२२ देखि जेलमा रहेका पूर्वनेतालाई दोस्रो धक्का हो । उनलाई शक्ति दुरुपयोगको आरोपमा १५ वर्षको सजाय सुनाइएको…
Read More
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

  मेक्सिको- अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री वोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ ।   मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरु सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।   सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरु बाच्न सफल भएको जनाइएको छ । अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ । विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको…
Read More
कतारमा सुनचाँदी पसल ठगी: ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार

कतारमा सुनचाँदी पसल ठगी: ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार

काठमाण्डौ- कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुई नेपाली व्यवसायीबाट करिब ५० जना नेपाली श्रमिक ठगिएका छन ।     ठगिने पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका हुन। ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ ।   उनीहरूले गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् ।   उनीहरूले ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडित…
Read More
अमेरिकाबाट डिपोर्ट भए ७५ नेपाली 

अमेरिकाबाट डिपोर्ट भए ७५ नेपाली 

काठमाण्डौ-   अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।   चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपोर्ट गरिएको हो। तीमध्ये तीन जना महिला छन्।   उनीहरूलाई डिपोर्ट गरिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो।   यसरी फर्काइएका नेपालीहरू दुई जना भिजिट भिसामा पुगेकाहरू समेत छन्।   अन्य व्यक्तिहरू भने ुतल्लो बाटोु हुँदै अमेरिका पुगेकाहरू रहेको ब्युरो प्रमुख एवं एसएसपी कृष्ण पंगेनीले बताए।   ‘तल्लो बाटोबाट अमेरिका पुग्नेले कम्तीमा पनि २० लाख रुपैयाँ खर्च गरेको देखिएको छ। अधिकतम एक करोड रुपैयाँसम्म समेत खर्च गर्ने भेटियो,’ उनले भने।   यसरी फर्काइएकामध्ये एक…
Read More
राष्ट्रपति ट्रम्पद्वारा १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनस् जाँच गर्न निर्देशन

राष्ट्रपति ट्रम्पद्वारा १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनस् जाँच गर्न निर्देशन

  एजेन्सी - अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुनस् जाँच गर्ने भएको छ।   अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनस् जाँच गर्न निर्देशन दिएका हुन्।     यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी गरिएको ह्वाइट हाउसको घोषणालाई उद्धृत गरेको बीबीसीले जनाएको छ।   सूची सहित     -अफगानिस्तान   -क्युबा   -हैटी   -इरान   -सोमालिया   -भेनेजुएला   -बर्मा   -चाड   -कङ्गो गणराज्य   -इक्वेटोरियल गिनी   -इरिट्रिया   *लिबिया   -सुडान   -यमन   -बुरुन्डी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.