खाडी देशले तेल कारोबारको बाटो बदल्दै, वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च
काठमाडौं- खाडी देशहरूले विश्व बजारमा तेल पुर्याउने पुरानो बाटो इरानसँगको युद्धपछि परिवर्तन गर्न थालेका छन्। यसअघि कम लागतमा तेल उत्पादन गरेर होर्मुज जलडमरूमार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेका खाडी देशहरू अहिले उक्त मार्गमाथिको निर्भरता घटाउन नयाँ पाइपलाइन, तेल भण्डारण र वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च गरिरहेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि होर्मुज जलडमरूमार्ग हुँदै हुने तेल ढुवानी निरन्तर प्रभावित भएको छ। समुद्री बारुदी सुरुङ, क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जोखिम, अमेरिका र इरानबीचको नाकाबन्दी तथा बढ्दो बिमा लागतका कारण यस मार्गबाट दैनिक पार हुने कच्चा तेलको मात्रा २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा…