रोयटर्स-
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिकी कम्पनी स्पेसएक्सको रकेटको टुक्रा बुधबार चन्द्रमामा उच्च गतिमा ठोक्किने जनाएको छ।
रकेटको एउटा ठूलो टुक्रा अमेरिकी समयअनुसार बुधबार बिहान २स्३५ बजे ९नेपाली समयअनुसार दिउँसो १२:२० बजे ठोक्किने जनाएको हो।
वैज्ञानिकहरूका अनुसार यो ठक्करले चन्द्रमाको सतहमा नयाँ खाडल बनाउने र धुलोको ठूलो मुस्लो उडाउनेछ। यसको अध्ययनले भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण जानकारी दिन सक्ने पनि वैज्ञानिकहरूले बताएका छन्। टुक्राको तौल करिब ४ टन छ। यो चन्द्रमाको पश्चिमी किनारतर्फ रहेको आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटर (५,४०० माइल) को गतिमा ठोक्किने अनुमान छ।