काठमाण्डौ –
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी यी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र लुम्बिनी प्रदेशको एकरदुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको जनाएको छ । आज दिउँसो पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।