एजेन्सी-
मोरक्कोबाट स्पेनमा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली सङ्घ ९ईयू० ले आपतकालीन बैठक बोलाएको छ । मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको भन्दै सङ्घले आपतकालीन बैठक आव्हान गरेको हो ।
युरोपेली संघले सेउटामा देखिएको आप्रवासी सङ्कटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ ।
मोरक्कोबाट झण्डै ६० हजार आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि, २२ सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन् ।
यता स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन् ।