काठमाडौँ-
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्रि जोन र अर्धसरकारी कम्पनीमा जाने नेपाली श्रमिकको संस्थागत भिसा प्रमाणीकरणसम्बन्धी नयाँ व्यवस्था गरेको छ।
महावाणिज्यदूतावासले बुधबार सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण भइसकेपछि भर्ना प्रक्रियामा रहेका श्रमिकले श्रम स्वीकृति प्रयोजनका लागि संस्थागत भिसा प्रमाणीकरण गराउँदा सम्बन्धित कम्पनीले तोकिएका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।
अब आवेदन फाराम, भिसा प्रमाणीकरण पत्रका दुई प्रति, कम्पनीको छाप र अधिकारप्राप्त व्यक्तिको हस्ताक्षर भएको भिसाको प्रति, वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति पत्र, स्वीकृत मागपत्र र पावर अफ अटर्नी, एफईआईएमएस प्रणालीबाट म्यानपावर कम्पनीले निकालेको भिसा ब्यालेन्स रेकर्ड तथा कम्पनीका अधिकारप्राप्त व्यक्तिको परिचयपत्र वा अख्तियारीपत्र पेश गर्नुपर्नेछ। सबै कागजातको प्रति अधिकारप्राप्त व्यक्तिबाट स्वप्रमाणित ९सेल्फ(अटेस्टेड० हुनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, आगामी अगस्ट १५, २०२६ देखि फ्रि जोन तथा अर्धसरकारी कम्पनीले जारी गरेको अफर लेटर वा रोजगार सम्झौता पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने महावाणिज्यदूतावासले जनाएको छ। उक्त सम्झौतामा स्वीकृत मागपत्रअनुसारको आधारभूत तलबसहित सबै सेवा तथा सुविधाका सर्त समावेश भएको हुनुपर्ने उल्लेख गरिएको छ।
महावाणिज्यदूतावासले नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सम्बन्धित कम्पनी र म्यानपावर कम्पनीलाई आवश्यक कागजात पूरा गरी मात्र भिसा प्रमाणीकरणका लागि निवेदन पेश गर्न अनुरोध गरेको छ।