आज मितिः २०८३ श्रावण १५ गते

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत

काठमाण्डौं-


विश्वकप क्रिकेट लिग २ मा नेपालको नेदरल्याण्डससँग पराजीत भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो खेलमा नेदरल्याण्डसंग पराजित भएको हो ।

नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भैसकेको छ । घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रन बनाए । इशान पाण्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए । दीपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट भए भने कप्तान रोहित पनि आउट भए । नेदरल्यान्ड्सका लागि काइल क्लेइनले ३ विकेट लिए भने रोलफ भान डर मर्वे, जाच लायन कासेट र लोगान भान बिकले २–२ तथा आर्यन दत्तले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो। नोआ क्रोसले सर्वाधिक ७० तथा कप्तान स्कट एडवाड्र्सले ५७ रन बनाए ।

नेपालको ३२ खेलमा २४ अंक छ । नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारे पनि शीर्ष ४ मा पर्ने सम्भावना पूर्णरूपमा सकिनेछ । अब नेपालले ओमान र क्यानडासँगको शृङ्खला खेल्न बाँकी छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.