शिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा चहलपहल
काठमाण्डौ - शिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा चहलपहल बढेको छ। नागा बाबाहरू काठमाडौं आउन थालेका छन्। नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि नागा बाबाहरू जन्तीसहित काठमाडौं आइपुगेका छन्। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। पशुपति क्षेत्र विकास कोषले पनि शिवरात्रिको तयारी तीव्र पारेको छ। यस वर्षको शिवरात्रि फगुन १४ गते बुधबार परेको छ।