काठमाण्डौं-
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । मोरङको केराबारी स्टेशनमा अत्यधिक वर्षा मापन भएको छ । केराबारीमा ४०१।२ मिलिमिटर मापन भएको छ । यस्तो वर्षाका कारण आकस्मिक बाढीको जोखिमसमेत हुन्छ ।
यस्तै गत २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । त्यहाँ ३६।४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९।६ मिलिमिटर पानी परेको छ । मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ ।
त्यस्तै ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो। हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ। हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए। हिमपातका कारण जनजीवन कष्टकर भएको छ। गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए।