चितवन –
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपाल रत्ननगर नगर समितिको तेस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार रत्ननगरको ईकोपार्कमा उनिहरुको कार्यक्रम सम्पन्न भएको हो ।
हरिभक्त घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्ब नायब बडा गुरुज्यू नेपाल पञ्चाङ्ग निर्णयक समितिका पूर्ब अध्यक्ष माधब प्रसाद घिमिरे रहनु भएको थियो । उहाँले घिमिरे बन्धुहरुको एकता देशभर नै उच्च रहेको बताउनु भयो । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपाल रत्ननगर नगर समितिका उपाध्यक्ष बद्रिनाथ घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि केन्द्रिय घिमिरे बन्धु प्रतिष्ठानका सदस्य राम प्रसाद घिमिरे, अजय घिमिरे, समाजसेवी कमलीकान्त घिमिरे, रत्ननगर १३ का वडा अध्यक्ष सुभाष घिमिरे लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा मिष्टर बाबु घिमिरेले आर्थिक प्रतिवेदन तथा सचिव श्रीकृष्ण घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा करीव ४०० जना घिमिरे बन्धुहरुको उपस्थिति रहेको सचिज श्रीकृष्ण घिमिरेले जानकारी दिनु भयो ।