चितवन
वे ग्रुप नेपालले हप्ताको एकदिन एकछिन समाजको लागी सरसफाइ कार्यक्रमको सोमबारीय श्रृङ्खला अन्तर्गत भरतपुर १५ शिवनगर, लम्जङ्ग चोकमा सम्पन्न गरेको छ ।
वे ग्रुप नेपाल र वे ग्रुप नवलपरासीको सहकार्यमा यहि फागुन १२ गते भरतपुर १४ लम्जङ्ग चोक वरपर विहान ७ बजे बाट विहान ८ बजे सम्म सरसफाइ अभियान चलाएको थियो ।
महाशिवरात्री पर्वको पावन अवसरमा सरस्वति युवा क्लबद्धारा यही फागुन १३ गते राखिएको बृहत भजन प्रतियोगिता कार्यक्रमको लागि सरस्वति युवा क्लबका अध्यक्ष सुबास सिलवालको आव्हानमा वे ग्रुप नेपालले आफ्नो सम्पूर्ण टीमको साथमा स्थानिय सरोकार तथा स्थानिय बासिन्दाको साथमा कार्यक्रम स्थल वरपर सरसफाइ गराएको छ ।
वे ग्रुप नेपालका उपाध्यक्ष हरी न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रम नेपालका अध्यक्ष दिपक गौतमको अध्यक्षता सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संस्थापक संरक्षक भोज नारायण कँडेल, सरस्वति युवा क्लबका अध्यक्ष सुबास सिलवाल, चितवन सेवा समाज नेपालका निवर्तमान अध्यक्ष समिर के.सीले आफ्ना मन्तब्य राख्नु भएको थियो भने वरिष्ठ रक्तदाता तथा रेडक्रस कर्मी विदुर के.सी लगायत टोलका अध्यक्ष तथा स्थानिय बासिन्दाहरुको सक्रिय सहभागिता रहेको थियो ।