चितवन
भरतपुर महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले यहि फागुन ७ गते बुधवार भरतपुर १० स्थित विरेन्द्र बहुमुखी क्याम्पस नौ विगाह क्षेत्र ग्राउण्डमा विहान ७.३० बजेबाट सरसफाई शुरु गरी १० बजे समापन गरेको थियो ।
भरतपुर महानगरपालिका वडा नं.१० का श्रद्धिय वडा अध्यक्ष परमेश्वर खनालको अध्यक्षतामा भरतपुर महानगरपालिका वातावरण महाशाखा प्रमुख विशुराम कुवँर प्रमुख आतिथ्यता, विरेन्द्र बहुमुखी क्याम्पस सह-प्राध्यापक डा. प्रेम सागर भण्डारी, वातावरण शाखा नगरप्रहरीको टोली सहित वे ग्रुप नेपालको सक्रियतामा कार्यक्रम सम्पन्न गरीएको थियो ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
७५ औ प्रजातन्त्र दिवसको दिन ज्ञात -अज्ञात सर्जकहरुको सम्झनामा १ मिनेट मौन धारणा गरिएको थियो । भरतपुर वडा नं. १० का वडा सचिव पदम प्रसाद अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पसका सल्लाहकार विश्वराज रेग्मी ,वडा नं. १० का वडा सदस्य रेशम राज थापा, वे ग्रुप नेपालका अध्यक्ष दिपक गौतम, विरेन्द्र क्याम्पसका प्रमुख भोजराज गौली ,विरेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक इश्वर चन्द्र पौडेल लगायत वे ग्रुप नवलपरासीको सक्रिय सहभागीता रहेको थियो ।