आज मितिः २०८३ बैशाख ५ गते

काठमाण्डौको सहयोग चितवनको आधारभूत विद्यालय न्यूरेनीमा

चितवन –

साेसियल ईनाेभेसन क्लव प्राईम कलेज काठमाडाैले चितवन कालिका स्थित श्री आधारभूत विद्यालय न्यूरेनीमा सहयोग हस्तान्तरण गरेको छ ।

सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई साेसियल ईनाेभेसन क्लव प्राईम कलेज काठमाडाैले ट्रयाक सुट सहयोग गरेको हो ।

कार्यक्रमका विशिष्ठ अतिथि कलेजका कोर्निडिनेटर नीरज थापा मगर,  अतिथिहरु क्लबका प्रेसिडेन्ट विजिता पाेख्रेल  साथै क्लबका भाइस प्रेसिडेन्ट आभाष देवकाेटा तथा समाजसेवी कमल पुडासैनीको सहयोगमा सो सहयोग प्रदान गरिएको हो । विद्यालयले उनीहरूलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो छोरीको जन्मदिनको उपलक्ष्यमा मञ्जु पुडासैनी तथा कृष्ण देवकोटाले एकथान दराज प्रदान गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण खनालले सहयोग गर्नु भएकोमा सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो ।

विद्यालयलाई १६८ जोर ट्र्याकशूट तथा शैक्षिक सामाग्री सहयोग गरिएको थियो।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.