चितवन सेवा समाजले गर्यो नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन सम्पन्न
चितवन- चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले नया वर्ष २०८३ को शुभ कामना आदान-प्रदान तथा भित्ते पात्रो विमोचन सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष लाल बहादुर भट्टको अध्यक्षतामा विभिन्न देशका शाखाबाट आउनु भएका तथा नेपालमा रहनु भएका आजीवन सदस्यहरूको बीच चितवनमा विमोचन सम्पन्न भएको हो । भित्ते पात्रो प्रकाशन समितिका संयोजक कार्य समितिका सचिव अर्जुन अधिकारीले स्वागत मन्तव्य राखदै सस्थाले प्रकाशन गरेको नया साल २०८३ को भित्ते पात्रोमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । सस्थाका निर्वतमान अध्यक्ष तथा संरक्षक दीपक गौतमको प्रमुख आतिथ्य रहको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी,सल्लाहकार…