आज मितिः २०८३ कार्तिक २१ गते

रवि भट्ट

1378 Posts
शाक्य प्राधिकरणको जिम्मेवारीबाट हटे सिलवाल आए

शाक्य प्राधिकरणको जिम्मेवारीबाट हटे सिलवाल आए

काठमाडौं -   नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए।
Read More
प्रधानमन्त्री कार्की क्याविनेटमा थपिए पाँच मन्त्री

प्रधानमन्त्री कार्की क्याविनेटमा थपिए पाँच मन्त्री

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा। संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा। मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्। सिफारिस भएकामध्ये सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमिसुधार, सहकारी र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। सिन्हा २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उमेर हदका कारण २०८० कात्तिक १४ मा सेवा निवृत्त भएका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा इमेज…
Read More
गृहमातहत फर्कदै सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान अर्थ र राष्ट्रिय अनुसन्धान विभाग 

गृहमातहत फर्कदै सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान अर्थ र राष्ट्रिय अनुसन्धान विभाग 

काठमाडौं- गुप्तचरी तथा आर्थिक अपराधमा अनुसन्धान गर्ने विभागलाई प्रधानमन्त्री कार्यालयबाट निकालिने भएको छ।     राष्ट्रिय अनुसन्धान विभागलाई फेरि गृह मन्त्रालय मातहत नै ल्याइनेछ। यसअघि २०७५ सालमा केपी ओली प्रधानमन्त्री हुँदा यो विभाग गृहबाट प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो।     त्यस्तै त्यतिबेला नै प्रधानमन्त्री कार्यलय मातहत गएको राजस्व अनुसन्धान विभाग अब अर्थ मन्त्रालय मातहत नै फर्किने भएको छ। यो विभाग पनि पहिले अर्थ मातहत नै थियो।     प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि अर्थ मातहत राख्ने तयारी भएको छ।   ुसम्भवतस् आगामी क्याबिनेटबाट यस सम्बन्धी निर्णय हुन्छ होलाु स्रोतले भन्यो।   सबै अनुसन्धान…
Read More
चितवन रत्ननगरका मेयर सापकोटाले अबको बाँकी कार्यकालको सम्पूर्ण तलब भत्ता पुनर्निमाणमा योगदान गर्ने

चितवन रत्ननगरका मेयर सापकोटाले अबको बाँकी कार्यकालको सम्पूर्ण तलब भत्ता पुनर्निमाणमा योगदान गर्ने

  चितवन - रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले बाँकी रहेको कार्याकालको मासिक सेवा सुबिधा वापतको रकम पुनर्निमाणमा योगदान गर्ने घोषणा गरेका छन् ।   शनिबार सम्पन्न १७२औं कार्यपालिका बैठकमा बोल्दै उनले मेयरको हैसियतमा आफुले पाउने तलब र भत्ता वापतको रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गरेका हुन् । नगरको विकास र नगरबासीको हितमा काम गर्ने आफ्नो इच्छाशक्तिबाट आफु विचल्लित नरहेको भन्दै उनले नयाँ उर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा क्रियाशिल रहने बताए ।         उनले स्थानीय सरकारलाई पुरानै अबस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका छन् । जेन्जी आन्दोलनका क्रममा नगरपालिका…
Read More
सम्पर्कमा आउन थाले कारागारबाट भागेका कैदीबन्दी

सम्पर्कमा आउन थाले कारागारबाट भागेका कैदीबन्दी

काठमाण्डौ- दोधारा चाँदनी-जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए। ‘हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउनेक्रम जारी छ’, जोशीले भने, ‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन्।’ उनले केही कैदीबन्दीलाई प्रहरीले प्रक्राउ गरेर समेत ल्याएको बताए। बुधबार मात्रै कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमानाका गड्डाचौकीमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो। जिल्ला…
Read More
बालेनको समर्थन सुशीला कार्कीलाई 

बालेनको समर्थन सुशीला कार्कीलाई 

  काठमाडौं- काठमाडौँ महानगरका मेयर बालेन शाहले सुशिला कार्कीलाई आफ्नो सर्मथन रहेको स्पष्ट गर्दै राष्ट्रपतिलाई अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्न आग्रह गरेका छन्।     सामाजिक सञ्जालमा लेख्दै बालेनले जेनजीलाई धैर्यता राख्न र नआत्तिन आग्रह गर्दै चुनावी सरकारको नेतृत्व गर्नका लागि जेनजीबाट आएको प्रस्ताव सुशीला कार्कीप्रति पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्।   उनले भने प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम…
Read More
मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  काठमाण्डौ -   मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको जानकारी दिएको छ।     हाल देशभर साधारणतया बदली रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…
Read More
नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

  नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त   २५ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएको नक्शालको पाँचतारे हिल्टन होटल पनि क्षतिग्रस्त भएको छ ।   ८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको छ ।     मंगलबार केही प्रदर्शनकारी होटलमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचर सहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।  …
Read More
जेन-जी आन्दोलनमा घुसपैठ भएको भन्दै सुरक्षित रुपमा फर्कन आह्वान

जेन-जी आन्दोलनमा घुसपैठ भएको भन्दै सुरक्षित रुपमा फर्कन आह्वान

काठमाडौं- जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ। सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो।     प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई सुरक्षित रुपमा फर्किन भनिएको छ।   बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए। बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेको थियो। युवाहरुले प्रहरीको ब्यरिकेड तोडेर बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए। प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो। प्रहरी र जेनजी पुस्ताका केही युवाहरू पनि घाइते भएका…
Read More
नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय

नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय

काठमाण्डौ -   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गर्नुपरेको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकारमाझ गुरुङले दर्ताविहीन सामाजिक सञ्जाल कम्पनीका प्रतिनिधिसँग नेपाल सरकाले पटक(पटक कूटनीतिक माध्यमबाट कुराकानी गरे पनि उनीहरूले अटेरी गरेको बताए ।   ती कम्पनीहरूले नेपालको संविधान, कानुन नमान्ने मात्रै भनेनन्, नेपाल सरकाले सामाजिक सञ्जाल व्यवस्थित गर्ने प्रयासअनुरूप बनाएको कानुनको बदख्वाइँ समेत गरे । उनले यसअघि धेरैपल्ट मन्त्रालय तहबाट सूचना जारी गरिए पनि दर्ताविहीन कम्पनीहरूले त्यसको अवज्ञा गरेको बताए । ुकरिब २४(२५ वटा सामाजिक सञ्जाल कम्पनीहरू छन् । मेटा त ठूलो हो । अरू साना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.