आज मितिः २०८३ बैशाख ८ गते

प्रधानमन्त्री कार्की क्याविनेटमा थपिए पाँच मन्त्री

काठमाडौं –

प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्।

पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा। संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा। मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्।

सिफारिस भएकामध्ये सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमिसुधार, सहकारी र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। सिन्हा २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उमेर हदका कारण २०८० कात्तिक १४ मा सेवा निवृत्त भएका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा इमेज मिडिया ग्रुपका समाचार प्रमुख पत्रकार खरेललाई सिफारिस गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं रोमन म्यासेजे पुरस्कार विजेता वैज्ञानिक पुनलाई दिइनेछ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय परियारलाई तोकिएको छ। उनी वरिष्ठ जलवायु तथा कृषि विज्ञ तथा संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगका संयोजकसमेत रहिसकेका छन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.