आज मितिः २०८३ बैशाख ८ गते

शाक्य प्राधिकरणको जिम्मेवारीबाट हटे सिलवाल आए

काठमाडौं –

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो।
हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ।

शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.