आज मितिः २०८३ बैशाख ३० गते

बिहानदेखि मुग्लिन-नारायणगढ सडकमा गाडी चल्न थाले

चितवन-

रातभर बन्द मुग्लिन–नारायणगढ सडक बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।

पहिरोका कारण शुक्रवार बेलुकीदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले अनुरोध गर्नु भएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.