आज मितिः २०८३ बैशाख ६ गते

बालेनको समर्थन सुशीला कार्कीलाई 

 

काठमाडौं-

काठमाडौँ महानगरका मेयर बालेन शाहले सुशिला कार्कीलाई आफ्नो सर्मथन रहेको स्पष्ट गर्दै राष्ट्रपतिलाई अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्न आग्रह गरेका छन्।

 

 

सामाजिक सञ्जालमा लेख्दै बालेनले जेनजीलाई धैर्यता राख्न र नआत्तिन आग्रह गर्दै चुनावी सरकारको नेतृत्व गर्नका लागि जेनजीबाट आएको प्रस्ताव सुशीला कार्कीप्रति पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्।

 

उनले भने प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

 

यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

 

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला।

 

 

सम्माननिय रास्ट्रपति ज्यु , न्भल श हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.