काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। त्यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ।
काठमाडौं- आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । जेठ १५ गते नेपालको संविधानमा प्रत्येक वर्ष आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री डा वाग्लेले सदनमा आयव्ययको विवरण पेस गर्न लाग्नु भएको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ। राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति रु…
चितवन - जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक(एस.पी) रामेश्वर पौडेललाई यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले स्वागत गरेको छ । भरतपुरमा एक कार्यक्रम बिच समाजका अध्यक्ष लाल बहादुर भट्टको अध्यक्षतामा उहाँलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल,बिशेष अतिथी संस्थापक अध्यक्ष एवं सल्लहाकार मुक्ति प्रसाद अधिकारी, संरक्षक एवं निवर्तमान अध्यक्ष दीपक गौतमले मन्तव्य राख्नु भएको थियो। त्यस्तै सल्लाहाकार प्रभा शर्मा पौडेल अतिथि हरुमा सस्थाका उपाध्यक्ष ईश्वर राज अधिकारी, सीता अधिकारी, सचिव अर्जुन अधिकारी कोषाध्यक्ष राम भट्टराई सदस्यहरु लीला पौडेल,काशीराम कंडेल,बिद्या प्रसाद आचार्य,आजीवन सदस्यहरू अग्निधर गौतम,खगेन्द्र प्रसाद सापकोटा साथै…
काठमाडौँ - नागार्जुनस्थित ठूलागाउँ माध्यमिक विद्यालयलाई नमुना कक्षा सञ्चालनका लागि शैक्षिक एवं प्राविधिक सामग्री हस्तान्तरण गरिएको छ । छ। बुधकार मञ्चद्वारा अघि सारिएको ‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ अवधारणा सहित कक्षा ७ का विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक तथा डिजिटल सामग्रीहरू हस्तान्तरण गरिएको हो। कार्यक्रममा आइसिटी पत्रकार विकास मञ्चका अध्यक्ष पुस्कर राज पाण्डेको अध्यक्षतामा तथा नेपाली चलचित्रका महानायक राजेश हमालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि महानायक राजेश हमालले शिक्षा संसार बदल्ने सबैभन्दा शक्तिशाली हतियार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “परम्परागत शिक्षालाई प्रविधिसँग जोड्न सके मात्र हाम्रा बालबालिकाहरू अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी हुन सक्छन्। ‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ मार्फत सरकारी विद्यालयका विद्यार्थीले प्रविधि…
चितवन- श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले असहाय आमा–बुबालाई भोजन सेवा गरेर दिवस मनाएको छ । भरतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रम मा आश्रित ४५ जना भन्दा बढी सहयोगापेक्षी आमा–बुबालाई भोजन सेवा दिदै चितवन शाखाले स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालले नेपाल प्रेस युनियनको इतिहास तथा श्रमजीवी पत्रकारहरुको हकहितका लागि संस्थाले गर्दै आएको योगदानबारे चर्चा गर्नु भयो । साथै उहाँले दिवसको अवसरमा सम्पुर्ण श्रमजिवी पत्रकारहरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो । त्यसैगरी चितवन मानव सेवा आश्रमका कार्यवाहक अध्यक्ष बिनोद ढकालले…
दोहा - कतारमा समाजसेवी तथा व्यवसायी पूर्ण पोखरियाको संयोजकत्वमा अन्तर्राष्ट्रिय युवा उद्यमी शाखा कतार गठन गरिएको छ। दोहामा बसोबास गरि युवा उद्यमी नेपाल र नेपाली समुदाय बिचको उपस्थितिमा अन्तराष्ट्रिय युवा उद्यमी शाखा कतार गठन गरिएको हो । महासंघका उपाध्यक्ष समेत रहनु भएका पोखरियाको संयोजकत्वमा अन्तर्राष्ट्रिय युवा उद्यमी कतार शाखाको कार्य समितिमा विष्णु कार्कीको अध्यक्षमा गठन गरिएको छ।जसको उपाध्यक्षमा निरन्जन गौतम र मन्जु खनाल महासचिव विकास भुजेल, सचिव सुजन गुरुङ, कोषध्यक्षमा बिशाल श्रेष्ठ, सहकोषाध्यक्ष बालकृष्ण न्यौपाने चयन हुनु भएको छ। त्यस्तै सदस्यहरूमा यास्मिन सिंह ठकुरी, शुशिला तामाङ्ग, युवराज गुरुङ्ग, विकास सापकोटा, सुवास सापकोटा, संसार पोखरेल, सुबिन्द्र खत्री, दिपेश कार्की रहनु भएको…
काठमाडौं- सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना गरी ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई…
गजल - स्वदेशमा पाईन्न रोजगार ,बिदेश तिर जाऊँला आमा जति छन साहुका ऋण,सबै मैले कमाएर तिरौँला आमा ।। बाबाले हामीलाई सा_सानै छोडेर स्वर्गीय भए पनि नगर चिन्ता घर ब्यवहार रित पुर्याएर धानौंला आमा ।। भाई बैनीलाई पढाएँ भने बन्लान डक्टर ईन्जिनिएर दु:खकष्ट बिर्साएर तीमीलाई सुखले पालौँला आमा ।। चुहिने भाछ घरको छानो नछाई भाछैन जस्ता किनेर तिम्रो आङ्गमा फाटेको चोली पनि नयाँ फेरौँला आमा ।। छिमेकी शहर पसेँ गाउँ त्यागी , धुलो र धुँवा खानलाई हामी आफ्नै गाउँँपुर्ख्यौलीमा बसि प्रगती गरौंला आमा ।। - सुचिता काफ्ले काठमाडौं
काठमाण्डौ- झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार खड्काले जानकारी दिनुभयो । उनले मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा भण्डारीले धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि आफूले श्रीमतीको हत्या गरेको भन्दै छिमेकीलाई बताउँदै हिँडेका भण्डारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । मृतक उर्मिलाका…
काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११स्०० बजे बस्दैछ। हिजो मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो। गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।