आज मितिः २०८३ जेष्ठ १४ गते

चितवन सेवा समाज नेपालद्वारा चितवनका प्रहरी प्रमुखलाई स्वागत

चितवन –

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक(एस.पी) रामेश्वर पौडेललाई यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले स्वागत गरेको छ ।

भरतपुरमा एक कार्यक्रम बिच समाजका अध्यक्ष लाल बहादुर भट्टको अध्यक्षतामा उहाँलाई स्वागत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल,बिशेष अतिथी संस्थापक अध्यक्ष एवं सल्लहाकार मुक्ति प्रसाद अधिकारी, संरक्षक एवं निवर्तमान अध्यक्ष दीपक गौतमले मन्तव्य राख्नु भएको थियो।

त्यस्तै सल्लाहाकार प्रभा शर्मा पौडेल अतिथि हरुमा सस्थाका उपाध्यक्ष ईश्वर राज अधिकारी, सीता अधिकारी, सचिव अर्जुन अधिकारी कोषाध्यक्ष राम भट्टराई सदस्यहरु लीला पौडेल,काशीराम कंडेल,बिद्या प्रसाद आचार्य,आजीवन सदस्यहरू अग्निधर गौतम,खगेन्द्र प्रसाद सापकोटा साथै अन्य उपस्थित हरूमा शिक्षक दिवाकर शर्मा, प्रहरी नायव उपरीक्षक चन्द्र भूषन यादव, प्रहरी निरीक्षक खगेन्द्र अधिकारी,प्रहरी सहायक निरीक्षक रीता पोखरेल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष एवं सल्लहाकार मुक्ति प्रसाद अधिकारीले सस्थाका गतिविधि एवं उद्देश्यहरू माथी प्रकाश पार्नु भयको थियो । त्यस्तै हालै जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख कमाण्ड सम्हालन आईपुग्नु भएका प्रहरी उपरीक्षक(एस.पी) रामेश्वर पौडेलले  समग्र चितवन जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरीको भूमिका माथी प्रकाश पार्दै आफ़ुलाई यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले जिल्लामा स्वागत गरेकोमा समाजलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको भयो ।

कार्यक्रममा सस्थाको तर्फ़बाट चितवन जिल्ला प्रहरी प्रमुख  रामेश्वर पौडेललाई मायाको चीनो र खादाले स्वागत गरिएको थियो भने सस्थाका सचिव अर्जुन अधिकारीले संचालन गर्नु भएको उक्त औपचारिक कार्यक्रम सस्थाका अध्यक्ष लाल बहादुर भट्टले जिल्ला प्रहरी प्रमुख रामेश्वर पौडेललाई चितवनमाँ स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.