आज मितिः २०८३ जेष्ठ १३ गते

कतारमा अन्तर्राष्ट्रिय युवा उद्यमीको शाखा गठन 

दोहा –

कतारमा समाजसेवी तथा व्यवसायी पूर्ण पोखरियाको संयोजकत्वमा अन्तर्राष्ट्रिय युवा उद्यमी शाखा कतार गठन गरिएको छ। दोहामा बसोबास गरि युवा उद्यमी नेपाल र नेपाली समुदाय बिचको उपस्थितिमा अन्तराष्ट्रिय युवा उद्यमी शाखा कतार गठन गरिएको हो ।

महासंघका उपाध्यक्ष समेत रहनु भएका  पोखरियाको  संयोजकत्वमा अन्तर्राष्ट्रिय युवा उद्यमी कतार शाखाको कार्य समितिमा विष्णु कार्कीको अध्यक्षमा गठन गरिएको छ।जसको उपाध्यक्षमा निरन्जन गौतम र मन्जु खनाल महासचिव विकास भुजेल, सचिव सुजन गुरुङ, कोषध्यक्षमा बिशाल श्रेष्ठ, सहकोषाध्यक्ष बालकृष्ण न्यौपाने चयन हुनु भएको छ।

त्यस्तै सदस्यहरूमा यास्मिन सिंह ठकुरी, शुशिला तामाङ्ग, युवराज गुरुङ्ग, विकास सापकोटा, सुवास सापकोटा, संसार पोखरेल, सुबिन्द्र खत्री,  दिपेश कार्की रहनु भएको छ।

शाखाले सल्लाहकार समिति पनि गठन गरेको छ । प्रमुख सल्लाहकारमा कतारमा लामो समयदेखि व्यवसाय र समाजसेवामा लाग्दै आउनु भएका नरेन्द्र भाट, बिशेष सल्लाहकारमा क्रान्ती सिंह चयन हुनु भएको छ । त्यस्तै सल्लाहकारहरूमा कृष्ण पन्थि,  राकेश श्रेष्ठ, धिरज चाम्लिङ्ग राई रहनु भएको छ ।

अन्तराष्ट्रिय उपाध्यक्ष पोखरियाले नेपालमा वातावरण भएमा उद्योगधन्दा, कलकारखाना, तथा व्यवसाय गर्ने उद्धेश्यले विभिन्न राष्ट्रमा यसको गठन गरिएको बताउनु भयो ।

अन्तर्राष्ट्रिय युवा उद्यमीका अध्यक्ष गोकर्ण ढकालको प्रमुख आथित्यतामा, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिव दिपेन घले लगायतका उपस्थितिमा कार्यक्रम जुम मिटिङबाट सम्पन्न भएको थियो ।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.