कतारमा सुनचाँदी पसल ठगी: ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार
काठमाण्डौ- कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुई नेपाली व्यवसायीबाट करिब ५० जना नेपाली श्रमिक ठगिएका छन । ठगिने पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका हुन। ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ । उनीहरूले गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् । उनीहरूले ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडित…