नजिकिँदै रत्ननगर महोत्सव : परिसरमै बन्यो जनजातीको सुन्दर गाउँ
रत्ननगर - पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको १३औं संस्करणमा जनजाती समुदायको सुन्दर गाउँ निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव परिसरमा विभिन्न नौं वटा जनजातीको परम्परागत घर र उनीहरुले प्रयोग गर्ने सामग्रीहरु राखिएको छ । महोत्सव परिसरमा विभिन्न जातजातीको परम्परागत घरहरुलाई सुन्दर र आर्कषक तरिकाले निर्माण गरिएको संस्कृतिक प्रर्वद्धन समितिका संयोजक सन्तोष लामाले बताए । महोत्सव अबलोकन गर्न आउनेले थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल लगायतका जनजातीको घर हेर्न तथा जनजातीको परम्परागत संस्कृतिको थाहापाउन सक्ने लामाले बताए । महोत्सवको प्रमुख आर्कषणको रुपमा…