आज मितिः २०८३ श्रावण २७ गते

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं-

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-८ घर भएका ३० वर्षीय करण ऐर, काठमाडौं माहनगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएका ३६ वर्षीय प्रेम पुरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ घर भएका ४२ वर्षीय अच्युत दुलाल र काठमाडौं महानगरपालिका-२८ बस्ने कालिकोट खाँडाचक्र नगरपालिका-२ घर भएका ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन् ।

पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, सुनिताले युरोप पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, प्रेमले जापान पठाइदिन्छु भन्दै १ सय १४ जना पीडितहरूबाट २ करोड २५ लाख रूपैयाँ, अच्युतले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख रूपैयाँ र बिर्खबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले करण र सुनितालाई काठमाडौं महानगरपालिका(१२ बाट सोमबार, अच्युतलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका(७ बाट आइतबार, बिर्खबहादुरलाई काठमाडौं महानगरपालिका(१६ बाट शनिबार र प्रेमलाई काठमाडौं महानगरपालिका(३ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.