आज मितिः २०८३ श्रावण २७ गते

गाउँपालिकामा कार्यरत लेखा अधिकृत भट्टराई र इन्जिनियर खड्का घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा

इलाम-

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मीलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्का घुस लिएको आरोपमा अख्तियारकले नियन्त्रणमा लिएको छ ।

इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुस्ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले निज इन्जिनियर डिल्ली राज खड्कालाई सेवाग्राहीबाट छ लाख रूपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला इलाम, चुलाचुली गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न, ठेक्का सम्बन्धी कार्य सम्पन्न भएबमोजिम पेस गरेको बिल रकम भुक्तानी गरेका थिए ।

सो गराए बापत आफूहरूले महत्वपूर्ण भूमिका खेली सहजीकरण गरे गराएको भनी सेवाग्राहीसँग घुसररिसवत बापत छ लाख रूपैयाँ माग गरी लिएको स्थापित भएकोले निज प्रतिवादीहरू डिल्ली राज खड्का र मिलन कुमार भट्टराईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर भएको हुँदा निजहरूलाई बिगो छ लाख रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय घ बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.