आज मितिः २०८३ श्रावण २७ गते

सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको रास्वपाका सभापति लामिछाने भनाई

काठमाडौं-


राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सरकारमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताएका ह्न्। माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको उनको भनाइ रहेको थियो ।

नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए।

लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे। अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनको भनाई छ।

उनले भने आजको भोलि नै परिणाम खोज्ने बानी पार्यौँ भने हामीसँग विकल्प खोज्नेबाहेक विकल्प हुँदैन। विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु विकल्प हो।म युवा सांसद र मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, पदमा रमाउने बेला होइन जिम्मेवार भएर सोच्ने बेला हो। यसपटक गलत भयो, बिग्रियो भने फेरि भोलिका पुस्ताका युवाहरूले हाम्रो जस्तो अवसर प्राप्त गर्ने छैनन्।’

उनले विगतमा राजनीतिमा युवा नेतृत्वको अभाव रहेको भन्दै उमेरका आधारमा अनुभवी पुस्तामाथि प्रश्न उठाउने गरेको समेत स्वीकार गरे। उमेरकै कारण अनुभवी पुस्तालाई पर्याप्त सम्मान दिन नसकेको हुनसक्ने उनको भनाइ छ।

विगतमा पाका पुस्ताले मात्रै देश चलाएको भन्दै आलोचना गर्न सहज रहेको भए पनि अहिले राजनीतिक परिस्थिति परिवर्तन भएको उनले बताए। प्रतिनिधिसभामा ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको उनको भनाइ छ।

युवा नेतृत्व आउनुमात्र वर्षौंदेखि देखिएको सपना पूरा नहुने भन्दै लामिछानेले चुनावी परिणाम र प्रतिनिधिसभामा युवाको संख्यालाई उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.