आज मितिः २०८३ कार्तिक १५ गते

रवि भट्ट

1364 Posts
जन्मदिन मनाउदै, सम्मान थाप्दै नेपालकी पहिलो महिला रेसलर युनिका युएईमा

जन्मदिन मनाउदै, सम्मान थाप्दै नेपालकी पहिलो महिला रेसलर युनिका युएईमा

युएइ- नेपालको पहिलो महिला रेसलर युनिका अथवा भगवती खड्का आफ्नो जन्मदिन मनाउन युएई आएकी छन् । यहि समयमा युएईमा रहेका सामाजिक संघसंगठनको सम्मानमा उनी ब्यस्त रहेकी छन् । बिश्वकै उच्च स्थान सोलुखुम्बुको कालापत्थरमा रेस्लिङ खेलेर विश्व किर्तिमान गिनिज बुकमा रेकर्ड राख्न सफल युनिका वा भगवती खड्का युएईमा रहेका विभिन्न राजनीति तथा सामाजिक संघसस्थाको सम्मानमा दौडधुप गर्दै फाउन्डेसनलाई परिचित गराउदै छिन् । सम्मान , सेल्फी र अन्तरबार्ताको दौडानमा यूनीकाको समय युएईका विभिन्न शहरहरुमा रेस्लिङको बारेमा पनि अध्ययन गरेको बताइन् । नेपाल रेस्लिङ फाउन्डेसनको संस्थापक अध्यक्ष समेत रहेकी युनिकाले ५० भन्दा बढी गीत रेकर्ड गराएकी छिन् भने उनले ६४ वटा नेपाली चलचित्र…
Read More
दुबईमा पिडित निर्मलाले उद्धारको लागि मिस्टर गुरुङ एन्ड टिमलाइ अनुरोध

दुबईमा पिडित निर्मलाले उद्धारको लागि मिस्टर गुरुङ एन्ड टिमलाइ अनुरोध

दुबई - दुबईमा नेपालीले नै पिडित बनाएको भन्दै एक नेपाली महिला उद्धार गरिदिन भन्दै मिस्टर गुरुङ एन्ड टिममा पुगेकी छन् । क्लिनिङ सुपरभाइजरमा आएकी केरावारी मोरङकी निर्मला तामाङ नेपाली बाट नै कुटपिट भए पछि टिममा उद्धारको लागि पुगेकी हुन् । उनलाइ घरमा काम गर्ने भनी शिशिर शाहले दुबई उतारेको उनले बताइन् । शिशिरकी श्रीमती सिबानि शर्माले काम गर्ने क्रममा कुटपिट गर्ने, थुक्ने गरेको पिडित निर्मलाले दु:ख पोखिन । आफू साथीसङ्ग बरदुबइ पुगेर फर्कने क्रममा केही ढिलो भएकोले कुटपिट गरेको जानकारी दिइन् । पाँच महिना सम्म काम गरेकी निर्मलाले ५०० दिराम तलब भने पनि एक दिराम नपाएको दुखेसो पोखिन । बिचमा…
Read More
झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

दुबई - दुबईमा कन्सल्टेन्सी खोलेर काम गर्दै आएका दुई दिदिबहिनीले मिडियामा झुठो आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको बताएका छन । कपिलवस्तु घर भइ हाल दुबईमा एकुना ह्युमेन रिसोर्सेज कन्सलटेन्सी खोलेर बसेका मनिषा पुन र आशा पुनले बदनाम गर्न खोजिएको बताएका हुन । खाडी तथा नेपालबाट युरोप मुलुक पठाउदै आएका उनीहरुको कम्पनिबाट नेपालका चार युवाहरूको पनि प्रमिट पेपर आइसकेको र अक्टोबरमा काम पूरा हुने र नभएमा रकम फिर्ता गर्ने भनेको तर उनिहरुले एक्कासि नेपालमा मिडियावाजी गरेको बताइन । भर्खरै संचालनमा आएको कन्सल्टेन्सिले दर्जन बढि महिला तथा पुरुष पठाइसकेको र कुनै असुबिधा झेल्न नपरेको उनिहरुले जानकारी दिए । हामिले कुनै फेक काम…
Read More
बन्जारा बन्जाडे‌ समाज चितवनको तेस्रो अधिवेशनबाट रमेश प्रसाद बन्जाराको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन

बन्जारा बन्जाडे‌ समाज चितवनको तेस्रो अधिवेशनबाट रमेश प्रसाद बन्जाराको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन

चितवन - बन्जारा बन्जाडे‌ समाज नेपाल जिल्ला कार्यसमिति चितवनको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। आज शनिबार चितवनको कालिका नगरपालिका वडा नम्बर ५ मा रहेको भिमवली पार्कमा कार्यक्रम सम्पन्न भएको हो। तेस्रो अधिवेशनबाट आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिमा ७ सदस्य र ४ जना मनोनित सदस्य गरी ११ जनाको कार्यसमिति गठन गरिएको छ। सनिवार सम्पन्न अधिवेशबाट अध्यक्षमा रमेश प्रसाद बन्जारा, उपाध्यक्षमा सरिता बन्जारा, सचिवमा बेनी प्रसाद बन्जारा, कोषाध्यक्षमा नवराज बन्जारा सदस्यहरुमा इन्दिरा बन्जारा, केशव बन्जारा र लोकनाथ बन्जारा चयन भएका हुन्। मनोनीत सदस्यहरुमा विमला बन्जारा, अमृता बन्जारा, आशिष बन्जारा र अर्जुन बन्जारा…
Read More
६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्ड पब्लिक स्कुलले कालिका नगरपालिका १० मा रहेको सिद्धी चेपाङ्ग छात्रावासका रहेको ६५ जना बालबालिकालाई स्टेसनरी , हेल्थकिट र खाद्यन्न सामान प्रदान गरि सहयोग गरेको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलका प्रधानाध्यापक इन्दिरा पन्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि ग्रीनल्याण्ड पब्लिक स्कुलका सह प्राचार्य उपेन्द्र आचार्य ,अतिथिमा  सिद्धि चेपाङ छात्रावासका संचालक भरत चेपाङ्ग , सामाजिक अभियान्ता ज्ञानेन्द्र राज पाण्डे ,ग्रीनल्याण्ड इको क्लबका संयोजक मनोज खड्का,शिक्षक कृष्ण कार्की,तह प्रमुख सुनिता रेग्मी,शिक्षक दिलिप चालिसे सहित स्कुलका २५ जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक इन्दिरा पन्त कार्कीले सिद्धी चेपाङ छात्राबासका संचालक भरत चेपाङ्गले पढ्न नपाएका चेपाङ्गका…
Read More
दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

काठमाडौं - दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो । प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी पनि समावेश भएको शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक केदार नाथ बास्ताकोटीले जानकारी दिए । तारकेश्वर ८ स्थित टुसाल मल्टी भेन्युमा बिहान ७ बजेदेखि हुने प्रतियोगितमा विभिन्न ५० विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । एकल र सामूहिक÷संगीतमय (रिदमिक) समूहमा रहेर अन्तर्राष्ट्रिय सिलेबस अनुसार योगसानको प्रतिस्पर्धा हुने आयोजकले…
Read More
डेङ्‍गु सङ्क्रमण तीव्र, सङ्क्रमणबाट जोगिन चिकित्सकको सुझाव

डेङ्‍गु सङ्क्रमण तीव्र, सङ्क्रमणबाट जोगिन चिकित्सकको सुझाव

काठमाण्डौं- गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेको छ । यस रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्। सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ। डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न हुदैन । गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने हुन्छ । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने…
Read More
दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबई- नेपालीहरुले दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण गर्ने गरेको उदाहरण प्रसस्तै भेटिन्छन् । नेपालका थुप्रै मेनपावरहरु त्यस्ता कम्पनिसंग मिलेर नेपाली युवा युवतीहरुलाई दुबई उतारेर श्रम शोषण गरेको पाईएको हो । यस्तै एउटा उदाहरण हो दुबईस्थित अमरबहादुर हस्पिटालिटी सर्भिसेज। यस कम्पनिले नेपाली चेलिबेटी माग गर्ने, माग गरेबमोजिमका नेपाली महिला दुबई पुगेपछि श्रम सम्झौताअनुसारको काममा नलगाउने, सम्झौतामा भएअनुसारको तलव पनि नदिने र त्यसविरुद्ध आवाज उठाउनेमाथि कुटपिट गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजले गरेको पाईएको हो। यस सर्भिसेजले त्यहाँ कामदार सप्लायर्सको काम गर्दै आएको छ । अमरबहादुर हस्पिटालिटी सर्भिसेजको अमानवीय व्यवहारमा परेकी एक युवती अहिले दुबईमा कार्यरत सामाजिक संस्था ‘मिस्टर गुरुङ एन्ड टिम’…
Read More
प्रवासी नेपाली श्रमिकहरुको मताधिकारको मौलिक हक सुनिश्चित गर- पूर्ब राजदूत मीश्र

प्रवासी नेपाली श्रमिकहरुको मताधिकारको मौलिक हक सुनिश्चित गर- पूर्ब राजदूत मीश्र

नेपाल प्राकृतिक श्रोतसाधनले सम्पन्न संसारको एक सुन्दर मुलुक हो। यस मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचार ब्याप्त रहेकाले युवाहरुको लागि रोजगारीका पर्याप्त अवसरहरू सृजना हुन सकेनन्। मुलुकमा रोजगारीको अवसर उपलब्ध नभएकोले अधिकांश कम शिक्षित, अदक्ष, अर्धदक्ष, कडा परिश्रमी, स्वाभिमानी र सोझासाझा बेरोजगार युवाहरु आ(आफ्ना बृद्ध आमाबाबु, नवविवाहिता दुलही र नावालक बच्चाहरूलाई घरमा छारी विदेशिन बाध्य भए। पछिल्लो तथ्यांक अनुसार, भारत बाहेकका मुलुकहरूमा करिव चालीस लाख भन्दा बढी नेपाली युवाहरु कार्यरत छन्। स्वदेशमा अत्यधिक करारोपन र भ्रष्टाचार ब्याप्त रहनुका साथ(साथै सरकारी बिद्यालय र अस्पतालहररुमा सेवा प्रवाहको अवस्था अत्यन्त दयनिय रहेकोले उनीहरुको विप्रेषणको अधिकाशं भाग आश्रितहरुको दैनिक उपभोगका सामानहरू, शिक्षा, स्वास्थ्योपचार…
Read More
मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

काठमाण्डौं- दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी मलेसिया एअरपोर्टमा ढलेका र त्यहि मृत्यु भएको खुलेको छ । चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा सम्पर्क गर्दै थिए । ‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका ९रुपालाल० को म्यासेज आउन छोड्यो ।’ सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए ।     मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.