चितवन –
बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमिति चितवनको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। आज शनिबार चितवनको कालिका नगरपालिका वडा नम्बर ५ मा रहेको भिमवली पार्कमा कार्यक्रम सम्पन्न भएको हो। तेस्रो अधिवेशनबाट आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिमा ७ सदस्य र ४ जना मनोनित सदस्य गरी ११ जनाको कार्यसमिति गठन गरिएको छ।
सनिवार सम्पन्न अधिवेशबाट अध्यक्षमा रमेश प्रसाद बन्जारा, उपाध्यक्षमा सरिता बन्जारा, सचिवमा बेनी प्रसाद बन्जारा, कोषाध्यक्षमा नवराज बन्जारा सदस्यहरुमा इन्दिरा बन्जारा, केशव बन्जारा र लोकनाथ बन्जारा चयन भएका हुन्। मनोनीत सदस्यहरुमा विमला बन्जारा, अमृता बन्जारा, आशिष बन्जारा र अर्जुन बन्जारा रहेका छन्। यसैगरि आजको कार्यक्रमबाट लेखा संयोजकमा देवी प्रसाद बन्जारा चयन भएका छन्। साथै कोष संचालन तर्फ संयोजकमा इन्दिरा बन्जारा, सदस्य तर्फ सुशीला बन्जारा र विमला बन्जाराले जिम्मेवारी पाएका छन्। कमल बन्जारा र योग विलास बन्जारा समितिको सल्लाहाकारमा रहेका छन्।
कार्यक्रममा बन्जारा बन्जाडे समाज नेपालका अध्यक्ष गीता तिमिल्सिना बन्जारा प्रमुख अतिथी रहेकी थिइन् भने केंद्रीय महासचिव दिपेन्द्र बन्जाडेको पनि उपस्थिति रहेको थियो।