आज मितिः २०८३ श्रावण १७ गते

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्ड पब्लिक स्कुलले कालिका नगरपालिका १० मा रहेको सिद्धी चेपाङ्ग छात्रावासका रहेको ६५ जना बालबालिकालाई स्टेसनरी , हेल्थकिट र खाद्यन्न सामान प्रदान गरि सहयोग गरेको छ ।

ग्रीनल्याण्ड पब्लिक स्कुलका प्रधानाध्यापक इन्दिरा पन्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि ग्रीनल्याण्ड पब्लिक स्कुलका सह प्राचार्य उपेन्द्र आचार्य ,अतिथिमा  सिद्धि चेपाङ छात्रावासका संचालक भरत चेपाङ्ग , सामाजिक अभियान्ता ज्ञानेन्द्र राज पाण्डे ,ग्रीनल्याण्ड इको क्लबका संयोजक मनोज खड्का,शिक्षक कृष्ण कार्की,तह प्रमुख सुनिता रेग्मी,शिक्षक दिलिप चालिसे सहित स्कुलका २५ जना बालबालिकाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा प्रधानाध्यापक इन्दिरा पन्त कार्कीले सिद्धी चेपाङ छात्राबासका संचालक भरत चेपाङ्गले पढ्न नपाएका चेपाङ्गका बालबालिकालाई अध्ययन गर्ने अवसर प्रदान गरेकोमा खुशी प्रकटको साथै ८१/८२ शैक्षिक वर्ष देखि छात्रावासबाट see पास हुने एक छात्र र एक छात्रालाई ग्रीनल्याण्ड पब्लिक स्कुलमा उच्च शिक्षाका (+२) लागि पुर्ण आवासिय छात्रवृत्ति प्रदान गर्ने बताउनु भएको छ ।
सामाग्री वितरण पश्चात परिचयात्मक कार्यक्रम र नाचगान पनि भएको थियो । यस अघि प्रधानाध्यापक इन्दिरा पन्त कार्कीले तीजको अवसरमा भाद्र १८ गते ग्रीनल्याण्ड ईको क्लब र कम्युनिटी क्लबका बालबालिकाले एक हप्ताको खाजा खर्च संचय गरेर झुवानीमा रहेका दृस्टी बिहिन बिद्यार्थीहरुलाई दर खुलाउनु भएको थियो ।

सिद्धी चेपाङ छात्राबासका संचालक भरत चेपाङ्गले यसरी साथ् र सहयोग गरेकोमा ग्रीनल्याण्ड पब्लिक स्कुल प्रति सदैब आभारी रहेको र सबैको तर्फबाट धन्यवाद ब्यक्त गरेका थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.