दुबई –
दुबईमा कन्सल्टेन्सी खोलेर काम गर्दै आएका दुई दिदिबहिनीले मिडियामा झुठो आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको बताएका छन ।
कपिलवस्तु घर भइ हाल दुबईमा एकुना ह्युमेन रिसोर्सेज कन्सलटेन्सी खोलेर बसेका मनिषा पुन र आशा पुनले बदनाम गर्न खोजिएको बताएका हुन ।
खाडी तथा नेपालबाट युरोप मुलुक पठाउदै आएका उनीहरुको कम्पनिबाट नेपालका चार युवाहरूको पनि प्रमिट पेपर आइसकेको र अक्टोबरमा काम पूरा हुने र नभएमा रकम फिर्ता गर्ने भनेको तर उनिहरुले एक्कासि नेपालमा मिडियावाजी गरेको बताइन ।
भर्खरै संचालनमा आएको कन्सल्टेन्सिले दर्जन बढि महिला तथा पुरुष पठाइसकेको र कुनै असुबिधा झेल्न नपरेको उनिहरुले जानकारी दिए । हामिले कुनै फेक काम गरेको छैन भन्दै मनिषाले भनिन् हाम्रो कम्पनी दुबईमा दर्ता गरेर कानुनीरूपमा काम गर्दै आएको छ ।
दुबईको देरामा सिटिसेण्टर नजिक बिजिनेस भिलेजको ब्लक ए मा उनीहरुको मुख्य कार्यालय रहेको छ । राम्रो काम गर्दा हाल दुबईमा ईष्र्या गर्ने, खुट्टा तान्ने प्रवृत्ति बढ्दै गएको उनिहरुले सुनाए ।
मिडियाले पनि कसैले गुनासो गर्यो भने हो वा होइन भनेर भेरिफाइ गर्नु पर्यो नि, कसैले चरित्र हत्या गर्ने वा व्यवसाय डुबाइ दिने उद्देश्य लिएर पनि त जान सक्छ त्यस्तो अवस्थामा सोसियल मिडियाले सम्बन्धित ब्यक्तिलाई सोध्नु पर्ने होइनर ? मनिषाले प्रतिप्रश्न गरिन ।
सम्बन्धित मुलुकको कानुन बुझेर कम्पनी खोलेर काम गर्न सकिन्छ न कि बिना लाइसेन्स केही काम गर्न दुबईमा पाइदैन । अनावश्यक हल्ला गर्दै कम्पनी छैन , युवा ठग्ने धन्दा भन्नू के जायज हो ? यो धन्दा हो ? उनले आफ्नो कार्यलय र दर्ता तथा कामदारहरुको भिषा अनि प्रमिटहरु देखाउदै भनिन ।
आफुहरुले कानुन बिपरित केही काम गरेको भए सजाय भोग्न तयार छौ तर अनावश्यक झुठो लान्छना लगाएर बद्नाम गराउने, घरमा परिवारलाई मानसिक तनाव दिने गरेमा आफुहरु पनि कानुनीरुपमा अगाडि बढ्ने बताए ।