दुबई –
दुबईमा नेपालीले नै पिडित बनाएको भन्दै एक नेपाली महिला उद्धार गरिदिन भन्दै मिस्टर गुरुङ एन्ड टिममा पुगेकी छन् । क्लिनिङ सुपरभाइजरमा आएकी केरावारी मोरङकी निर्मला तामाङ नेपाली बाट नै कुटपिट भए पछि टिममा उद्धारको लागि पुगेकी हुन् ।
उनलाइ घरमा काम गर्ने भनी शिशिर शाहले दुबई उतारेको उनले बताइन् ।
शिशिरकी श्रीमती सिबानि शर्माले काम गर्ने क्रममा कुटपिट गर्ने, थुक्ने गरेको पिडित निर्मलाले दु:ख पोखिन ।
आफू साथीसङ्ग बरदुबइ पुगेर फर्कने क्रममा केही ढिलो भएकोले कुटपिट गरेको जानकारी दिइन् ।
पाँच महिना सम्म काम गरेकी निर्मलाले ५०० दिराम तलब भने पनि एक दिराम नपाएको दुखेसो पोखिन । बिचमा उनको नाममा पैसा हाल्ने भनी चेकमा हस्ताक्षर गराएको र पछि बुझ्दै जांदा ३० हजार जरिवाना परेको आफुले थाहा पाएको बताइन् ।
भिषा सकेर थप्न भने पनि वास्ता नगरेको , आफुलाइ केही थाहा नभएकोले प्रहरीमा गएको प्रहरीले जरिवाना छ अदालत जान भनेपछि उनी अदालत पनि धाइन । अदालतले मासिक २००० तिरेर जरिवाना सकेपछि नेपाल फर्कन सक्ने भनेपछी उनी बिचल्लीमा परेको थाहा पाइन् ।
नेपाली दाजुभाइ , संघसंगठनमा पनि कुरा राखेको तर त्यति वास्ता नगरेपछि केही साथिले मिस्टर गुरुङ एन्ड टिमले सहयोग गर्छ भने लगत्तै उनी टिममा अनुरोध गर्न पुगेकि हुन ।
उनको सहयोगको लागि टिमबाट शाहलाइ सम्पर्क गर्दा आफुले निर्मला तामाङलाई नचिन्ने बताएको जानकारी दिए ।
मिस्टर गुरुङ एन्ड टिमले उनको लागि कानुन अनुसार सम्बन्धित निकायसँग समन्वय गरि सहयोग गर्ने जनाएको छ ।