युएइ-
नेपालको पहिलो महिला रेसलर युनिका अथवा भगवती खड्का आफ्नो जन्मदिन मनाउन युएई आएकी छन् । यहि समयमा युएईमा रहेका सामाजिक संघसंगठनको सम्मानमा उनी ब्यस्त रहेकी छन् ।
बिश्वकै उच्च स्थान सोलुखुम्बुको कालापत्थरमा रेस्लिङ खेलेर विश्व किर्तिमान गिनिज बुकमा रेकर्ड राख्न सफल युनिका वा भगवती खड्का युएईमा रहेका विभिन्न राजनीति तथा सामाजिक संघसस्थाको सम्मानमा दौडधुप गर्दै फाउन्डेसनलाई परिचित गराउदै छिन् ।
सम्मान , सेल्फी र अन्तरबार्ताको दौडानमा यूनीकाको समय युएईका विभिन्न शहरहरुमा रेस्लिङको बारेमा पनि अध्ययन गरेको बताइन् ।
नेपाल रेस्लिङ फाउन्डेसनको संस्थापक अध्यक्ष समेत रहेकी युनिकाले ५० भन्दा बढी गीत रेकर्ड गराएकी छिन् भने उनले ६४ वटा नेपाली चलचित्र र २४ टेली सिरियल लगायतमा अभिनय गरी सकेकि छिन् ।
नेपाली राजदुतावास, यहाँका विभिन्न संघसस्था, ब्यवसायीहरुको सम्मान र माया प्रति उनले खुशी व्यक्त गर्दै धन्यवाद दिएकीछिन् ।
आउदो २३ तारीख नेपाली राजदुतावास युएईले सम्मान कार्यक्रम गर्ने र २४ तारीख उनी नेपाल फर्कने जानकारी दिइन् ।