चितवनमा वार्षिक आठ सय टन मह उत्पादन, तीन सय टनमात्र बिक्री
चितवन/ यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ। कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो। पूर्वी चितवनको कालिका(६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए। उनले भने, ुमहले बजार नपाएर घर थन्किने अवस्था भयो। यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए । नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिए। यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै…