चितवन
विगत ९ वर्ष देखि प्रत्येक सोमबारको दिन गरीने चितवन र नवलपुरले सरसफाई अभियान सन्चालन गर्दै आइरहेको “वे ग्रुप नेपाल” को नियमित कार्यक्रम अन्तर्गत सोमवार महेन्द्र राजमार्ग अन्तरगत चितवन-नवलपुर जोड्ने नारायणी नदीको पुलमाथि सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा भरतपुर महा नगरपालिकाको विशेष तथा उल्लेखनीय सहयोग रहेको थियो ।कार्यक्रममा नेपाल सरकारका बेल्स UK सद्भभाबना दुत NRNA उप महासचिब तथा वे ग्रुपका सक्रिय सदस्य सोम सापकोटाको पहलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफ़िक प्रहरी,नगर प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार भीम खरेल, वडा नम्बर ४ का जनप्रतिनिधि विजय सापकोटा, धर्मचोकका सफल व्यावसायी राजु खरेल, वे ग्रुप नवलपुरका सम्पूर्ण सदस्य, वीरेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक तथा सकृय सदस्य ईश्वर चन्द्र पौड्याल (ICP), समाजसेवी ईन्द्रमणि लामिछाने, प्रहरीका सह निरीक्षक अर्जुन भुषाल लगायत वे ग्रुप नेपालका धेरै अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष दिपक गौतमज्युको अध्यक्षतामा सन्चालित छोटो औपचारिक कार्यक्रम सचिव शालिकराम आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । छोटो औपचारिक कार्यक्रममा नेपाल सरकारका सद्भभाबना दुत सोम सापकोटाले अभियान को बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम राष्ट्रिय गान लगत्तै सरसफाई केन्द्रित रहेर करीब १ घण्टा गरिएको थियो ।आज पुलको पश्चिम तर्फ पूर्णत: सफा गरि सकिएको छ भने अर्को हप्ता बाँकि रहेको पुलको पुर्वतर्फ को वालुवा सहितको फोहर पुर्ण रूपमा सफा गर्ने कुरा केन्द्रिय अध्यक्ष गौतमले बताउनुभयो ।
भरतपुर महानगरको तर्फबाट वातावरण महाशाखा प्रमुखको सक्रियतामा महानगरका वातावरण विभागका कर्मचारी अभय तिमिल्सिनाले महत्वपूर्ण भूमिका खेल्नु भएकोमा वे ग्रुप नेपाल का केन्द्रीय उपाध्यक्ष हरि प्रसाद न्यौपाने (HP) द्वारा हार्दिक आभार प्रकट तथा स-धन्यबाद ब्यक्त गर्नुभएको थियो । उक्त संस्थाले प्रत्येक सोमबार विहान ७ देखि ८ वजे सम्म “हप्ताको एक दिन एक छिन समाजकाे लागि” अन्तर्गत सार्वजनिक स्थलहरुमा सरसफाई अभियान सन्चालन गर्दै आइरहेको छ ।