चितवन
वे ग्रुप नेपालले नव जागृति सामुदायिक वनमा वे ग्रुप नवलपुर र चितवनमा आवद्ध करिव ५७ जना उपस्थित सरसफाइ अभियान्ताहरु माझ शनिवार वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
वे ग्रुप नेपालले हरेक हप्ता सोमबार विहान ७ देखी ८ वजे सम्म विभिन्न संघ संस्था तथा महानगरपालिकाको समन्वयमा नवलपुर र चितवनका अभियान्ताले विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाइ को साथै सरसफाइ व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको छ ।
बिगत लामो समयदेखि हप्ताको १ दिन अनि १ छिन समाज को लागि भन्दै महान अभियान मा जुटि रहेका सरसफाइ अभियान्ताहरु बर्षको १ दिन आफ्नै लागि समय निकाल्नु पर्छ ,आफ्ना अनगिन्ति कुराहरु लाइ थाति राखेर दुख का पल हरुलाइ बिर्सियर केही पल भएपनि आफनै सन्जाल का साथि सर्कल सङै भलाकुशारि गर्ने अबशर मिलाउनु पर्छ भन्ने महसुस गरी वे र वे ग्रुपका शुभचिन्तक साथीहरु बीचको सामिप्यता बढोस भन्ने अभिप्रायले नै वनभोज कार्यक्रम राखिएको वे ग्रुप नेपालका उपाध्यक्ष हरि न्यौपानेले बताउनु भयो ।
सवै समान हौ भन्ने कुरालाइ मान्यता राखी वनभोज कार्यक्रममा कोही अतिथि रुपमा बोलाइएको थिएन तथापी वे ग्रुप नेपालका अध्यक्ष दिपक गौतम, पूर्व ट्राफिक प्रहरी -प्रहरी ट्राफिक प्रमुख सन्तोष पन्त ,मानव सेवा आश्रमका प्रमुख ओम कार कँडेल, सर्प उद्धार यम लाल भण्डारी, ब्लड डोनर्स सोसाइटी रत्ननगरका रमेश नेपाल, व्लड डोनर्स सोसाइटी चितवनका सन्तोष थापा, वडा नं ४ का वडा सदस्य विजय सापकोटा, विरेन्द्र क्याम्पसका उपप्राध्यापक इश्वर चन्द्र पौडेल , वे ग्रुपका सदस्य भविलाल चापागाइ ,नेचर हवका प्रोपाइटर इन्द्रमणी कोइराला लगायत वे ग्रुप नवलपुरका अध्यक्ष अमृत पौडेले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा पकाउन आवश्यक भाँडाकुडाँ तथा आवश्यक सामग्री यमलाल भण्डारीले निशुल्क सहयोग गर्नु भएको थियो भने वे ग्रुप नेपालको लागी आवश्यकीय सामाग्रीहरु सहयोग गर्नेछु भनी ओम कार कँडेल र जर्मनबाट राजेश लाल श्रेष्ठले कार्यक्रममा वाचा गर्नु भएको छ । मनोरञ्नको लागी राखिएको खेलका विजेता यम लाल भण्डारी र इश्वर चन्द्र पौडेलले जित्नु भएको पुरस्कार रासी पनि संस्थाको लागी नै सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको थियो । उपाध्यक्ष हरी न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन भने सचिव शालिकराम आचार्यले गर्नु भएको थियो ।