आज मितिः २०८१ चैत्र ६ गते

पूर्वी चितवन कृषि सहकारीको साधारण सभा : शुभकदम गोल्ड चियापत्तीको बजारिकरणमा जोड

रत्ननगर । रत्ननगर वडा नं १३ स्थित पूर्वी चितवन कृषि सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । वडाअध्यक्ष पोट बहादुर घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा सचिव दुर्गाकुमारी भट्टराईले प्रगति प्रतिवेदन, लेखा समिति संयोजक रामचन्द्र कोइरालाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा वडाध्यक्ष घिमिरेले किसानको जीवन स्तर उकास्ने गरि लगानी गर्न आग्रह गर्दै सहकारीले गर्ने उत्पादन र बजारीकरणको काममा स्थानीय सरकारले सहयोग गर्ने बताए । संस्थाका अध्यक्ष केशबप्रसाद अर्यालले किसानहरुको बचत सुरक्षित गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गरिएको बताए । उनले पूर्वी नेपालको ईलाममा रहेको चियापत्तीलाई शुभ कदम गोल्ड मसला चियाको नाममा प्याकेजिङगरी बजारमा पठाउन थालिएको जानकारी दिए । इलामबाट कच्चापदार्थ ल्याएर सहकारीले चियापत्तीको ब्रण्डिङ गरी देशका प्रमुख शहर, डिपाटमेन्टल स्टोर, र अनलाइन बजारहरुबाट विक्री भइरहेको बताए ।

सो सहकारीले आर्थिक बर्ष २०८०/८१ मा १८ लाख ९२ हजार ९५२ रुपैया मुनाफा गर्न सफल भएको छ । ४३ लाख ६६ हजार ७६० आम्दानी गरेको सो सहकारीले १९ लाख ५० हजार १६० रूपैया खर्चकटाएर १८ लाख ९२ हजार मुनाफा गर्न सफल भएको सञ्चालक सदस्य तेजप्रसाद बन्जराले जानकारी दिए । २०७६ सालमा स्थापना भएको सो सहकारीले शेयर पूजि १ करोड ३७ लाख २० हजार ९५०, ऋण लगानी ३ करोड ३१ लाख ९० हजार र बचत संकलन ९४ लाख ९९ हजार रहेको छ । कार्यक्रममा ज्येष्ठ शेयर सदस्यहरु गुनाकुमारी पाण्डे, सराजेन्द्र बहादुर दाहाल, उत्कृष्ट बालबचतकर्ता सायरा थापा, उत्कृष्ट बचतकर्ता तेजबहादुर भण्डारी, उत्कृष्ट कर्मचारीको रुपमा व्यवस्थापक समुद्र धिताल सहित मन्जु गुरागाईँ, तारा तामाङ, सुमिना थापा, रन्जना सिंखडा, रेखा थापालाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष केशब प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि व्यवस्थापन समितिका संयोजक हिरालाल खतिवडा, समाजसेवी लोकनाथ घिमिरे, समाजसेवी सरस्वती कोइराला, सीता चिया तथा मसला उद्योगका सञ्चालक नरेश सापकोटा लगायतले मन्तव्य राखेका थिए । संस्थाका सञ्चालक सदस्य रमेशप्रसाद बन्जराले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक सदस्य तेजप्रसाद बन्जराले स्वागत मन्तव्य राखेका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.