चितवन
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले ११औ वार्षिक साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. ११ स्थित नवजागृति वन सामुदायिकमा ५७ जना सदस्यहरुको उपस्थितिमा सम्पन्न गरेको छ ।
संस्थाका सचिव हरि प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा सभाअध्यक्ष संस्थाका अध्यक्ष दिपक गौतम रहनु भएकोमा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्त ( हरि) रहनु भएको थियो । विशेष उपस्थितिमा संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी ,निवर्तमान अध्यक्ष तथा संरक्षक समिर ,खत्री सर्प संरक्षक तथा सामाजिक अभियान्ता यमलाल भण्डारी र भजन गाएक युवा व्यवसायी तथा धार्मीक व्यक्तित्व अर्जुन सापकोटा रहनु भएको थियो ।
कार्यक्रममा संस्थाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रिय संयोजक सल्लाहकारहरु कार्यसमितिका पदाधिकारीहरु तथा आजिवन सदस्यहरुको राम्रो उपस्थिति रहेको थियो ।स्ंस्थाका तर्फबाट वरिष्ट उपाध्यक्ष लाल बहादुर भट्टले स्वागत मन्तब्य दिनु भएको थियो भने सल्लाहकार विदुर के.सी निवर्तमान अध्यक्ष समिर के.सी संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी र चितवन सेवा समाज साइप्रसका महासचिव पिउष लामा नेगीले आफ्ना भनाइहरु राख्नु भएको थियो । मन्तब्यकै क्रममा वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्तले चितवन सेवा समाजको अहिले सम्म जग्गा नभएकोले मिले सम्म जग्गा दिलाइदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समाजका कार्यसमिति सदस्य सुवाष सिलवालले विश्वको प्राविधिक हिमाल आमा दब्लब र टापु शिखर सफल आरोहण गर्नु भएकोमा ,संस्थाका कोषाध्यक्षकी सुपुत्री स्वस्तिका अधिकारीले त्रि.वि बाट लिइएको BA/BSW चौथो वर्षको परिक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुनुभएकोमा, संस्थाका अध्यक्ष दिपक गौतमका छोरा दिक्पाल गौतमले २०८१ S.E.E परिक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण गरेकोमा र कार्यलय सचिव निर्मला अधिकारीलाई उच्च कामको मुल्याङ्कन गरिएकोमा चितवन सेवा समाजले उहाँहरुलाई सम्मान पत्र दिइएको थियो ।