आज मितिः २०८३ बैशाख १९ गते

मनोरञ्जन

हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

५ पौष, रत्ननगर । पर्यटकिय नगरी सौराहामा आगामी पौष ११ देखी १५ गते सम्म आयोजना हुने १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । बाघमारा चौरमा आयोजना हुने सो महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रममा ११ गते गायिका ऋतु कंडेल र चर्चित वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, १२ गते चर्चित लोक तथा दोहोरी गायक लोक सम्राट राजु परियार, १३ गते चर्चित गायिका अन्नु चौधरी, १४ गते चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने हात्ती खेलकुद प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषिराम तिवारीले जानकारी दिनुभएको…
Read More
कामसँगै आफ्नो प्रतिभालाई पनि अघि बढाउनु पर्छ – गायक भुवन नेपाली (भिडीओ सहित)

कामसँगै आफ्नो प्रतिभालाई पनि अघि बढाउनु पर्छ – गायक भुवन नेपाली (भिडीओ सहित)

सन् २०१३ मा दुबई प्रवेश गरेका गुल्मीका भुवन नेपाली काम सकिए पछि हरेक दिन संगीतको माहोलमा रमाउँछन् । आफै शब्द रचना गर्छन् , लय निकाल्छन्, बाँसुरी र गितारमा पनि झुम्छन् ।   १२ कक्षा पछि भारतको मुम्बईमा होटल म्यानेजमेन्ट र ग्राफिक डिजाईन सकेर नेपालमा केही गर्ने सोच बनाएर शहर चारेको र अझै पनि जातीय भेदभावमा जकडिएको अवस्था देख्दा उनलाई नमज्जा अनुभूति भएको बताउँछन् उनी ।   केही समय कतारमा स्टोर किपरमा काम गरे लगत्तै दुबई भिजिटमा छिरेर आफै आफ्नो सीप अनुसारको काम शुरू गरेका हुन् भुवनले । आफ्नो हातको इलम गरिरहेका उनले दुवईको एक प्रतिष्ठित होटलमा क्याप्टन वेटर गरेर रूम…
Read More
राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत हुनेहरु

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत हुनेहरु

काठमाडौं- राष्ट्रिय चलचित्र पुरस्कारबाट अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता /अभिनेत्री घोषित भएका छन्। चलचित्र विकास बोर्डको आयोजनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा पुरस्कार वितरण गरिएको हो। कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरे। उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बने। कार्यक्रममा सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जित्यो।‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले पुरस्कार प्राप्त गरे। कसले कुन अवार्ड जिते ? - उत्कृष्ट चलचित्र -बुलाकी - उत्कृष्ट अभिनेता विपिन कार्की- प्रसाद २ - उत्कृष्ट अभिनेत्री- स्वस्तिमा खड्का…
Read More
टेक विसीको स्वरमा ‘तिम्रै दर्शन’ सार्वजनिक

टेक विसीको स्वरमा ‘तिम्रै दर्शन’ सार्वजनिक

काठमाडौं - टेक विसीको स्वरमा रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । हरिभक्त बुढाथोकीको शब्द, भीम विसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानले निर्देशन एवं कोरियोग्राफी छ । गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । गीतका शब्द जति राम्रा छन् भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।   प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानको अभिनय रहेको छ । मीन रावलको सम्पादन एवम् कलर रहेको गीतको भिडियो गीतकार हरिभक्तको…
Read More
राप्ती पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

राप्ती पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सग्रुपमा रहेको राप्ती पुर्नस्थापना केन्द्र मा रहेका सदस्यहरु लाई नेपाली सामाजिक चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको छ । आफ्नो स्वास्थ्य सुधारका लागि पुर्नस्थापना केन्द्रमा बसेकालाई बाहिरी वातावरणमा घुलमिल गराई चलचित्र देखाईएको हो । आइतवार पुर्नस्थापना केन्द्रमा रहेर उपचार र परामर्श गरिरहेका ५६ जनालाई नेपाली चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको सञ्चालक गुणराज गुरुङले जानकारी दिए । चलचित्रको पर्दा पछाडी एउटा परिवारमा आफ्नो बुवाले आफ्नो छोराछोरीको भविष्यको लागि गरेको संघर्षका कथा बस्तु देखाउन दुव्र्यसनमा फसेर पुर्नस्थापना केन्द्रमा रहेकाहरुले बुझ्न सकुन, मनन गर्न सकुन, यस चलचित्रबाट केही सिकुन भन्ने हिसाबले म्याङ्गो जनज्योती हल पर्सामा…
Read More
चितवनमा यसवर्ष धानको उत्पादकत्व घटे पनि उत्पादन बढ्ने

चितवनमा यसवर्ष धानको उत्पादकत्व घटे पनि उत्पादन बढ्ने

भरतपुर : कृषि विकास कार्यालयले चितवनमा यसवर्ष धानको उत्पादकत्व घटे पनि उत्पादन बढ्ने जनाएको छ । कार्यालयका योजना शाखा प्रमुख निर्मल पौडेलले यसवर्षको बर्खे धानको जिल्लाको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलब नौ मेट्रिक टन रहेको बताए । उनका अनुसार चितवनको धानको उत्पादकत्व र उत्पादनको विवरण निकाल्ने अन्तिम तयारीमा कृषि विकास कार्यालय जुटेको छ । शाखा प्रमुख पौडेलले भने, ‘यसवर्ष धानको उत्पादन बढ्छ, बर्खे धानको क्षेत्रफल नै अहिले बढी छ ।’ विगतका वर्षहरुमा चितवनको धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलब तीन मेट्रिक टन थियो । अहिले दशमलब चार मेट्रिक टन उत्पादकत्व घट्ने पौडेल बताउँछन् । उनी भन्छन्, ‘उत्पादकत्व घट्नुको प्रमुख कारण रोगकिराको प्रकोप…
Read More
लक्की साँगीतिक साँझ २०८१ कात्तिक १७ गते

लक्की साँगीतिक साँझ २०८१ कात्तिक १७ गते

चितवन मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले लक्की साँगीतिक साँझ २०८१ गर्ने भएको छ । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ शुभदीपावलीको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा चर्चित गायिका लोक दोहोरी क्षेत्रकी सुमधुर स्वरकी धनी बरिष्ठ लोक तथा दोहोरी गायिका शिला आले, लोक तथा दोहारी गायक नेत्र जी पन्त , लोक तथा दोहोरी गायिका सरिता श्रेष्ठ गुरुङ, गायिका सम्झना श्रेष्ठ लगायत चर्चित गायकरगायिकाहरुको साथमा कार्यक्रम गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीुले जानकारी दिनुभयो । नेपाली गीत संगीतको संरक्षण र जगेर्ना गर्ने उद्धेश्य सहित हरेक बर्ष लक्की साँगीतिक साँझ…
Read More
लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको टिसर्ट सार्वजनिक

लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको टिसर्ट सार्वजनिक

चितवन-   मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’ सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, विशिष्ट अतिथि नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमाल र लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो । लक्की मिडिया हाउसले…
Read More
चितवनमा आज सरिता इभेन्ट्सको विशिष्ट व्यक्तित्व सम्मान एवम् फेसन रन वे कार्यक्रम

चितवनमा आज सरिता इभेन्ट्सको विशिष्ट व्यक्तित्व सम्मान एवम् फेसन रन वे कार्यक्रम

    चितवन- चितवनको भरतपुरमा सरिता इभेन्ट्सले आज विशिष्ट व्यक्तित्व सम्मान एवम् बेस्ट अफ समर फेसन रन वे सिजन टु आयोजना गर्दै छ । इभेन्ट्सकी संयोजक सरिता आचार्यले विभिन्न बिधामा विशिष्ट व्यक्तिलाई सम्मान गर्न लागिएको जानकारी दिइन् । सम्मान तथा फेसन रन वे कार्यक्रम यज्ञपुरीस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा हुँदै छ ।   भरतपुर भ्रमण वर्ष २०२४ र नेपालीहरुको महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको आचार्यले बताइन् । सम्मान कार्यक्रम तथा बेस्ट अफ समर फेसन रन वे सिजन–२ साथै साँस्कृतिक कार्यक्रम पनि रहने छ । यसको लागि भिआईपी टिकट शुल्क एक हजार रुपैयाँ…
Read More
भजन र आमा समुहलाई बाध्यवादन सामग्री वितरण

भजन र आमा समुहलाई बाध्यवादन सामग्री वितरण

रत्ननगर - चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका भजन समूह र आमा समुहलाई बाध्यबादन सामग्री प्रदान गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट सो वडाले गणेश मन्दिर सहित तीन वटा भवन समुह र दुईवटा आमा समुहलाई बाध्यबादन सामग्री वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । सरस्वती भजन समुहलाई पोसाक, त्रिशक्ति आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, अन्नपूर्ण भजन समुहलाई स्पिकर र पञ्जज्योति आमा समुहलाई तथा सरस्वती आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल लगायतका बाध्यबादन सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए । सोही अबसरमा वडा भित्रका फुटबल टिमलाई पोसाक र जुत्ता प्रदान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.