आज मितिः २०८१ मंसिर २६ गते

राप्ती पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सग्रुपमा रहेको राप्ती पुर्नस्थापना केन्द्र मा रहेका सदस्यहरु लाई नेपाली सामाजिक चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको छ । आफ्नो स्वास्थ्य सुधारका लागि पुर्नस्थापना केन्द्रमा बसेकालाई बाहिरी वातावरणमा घुलमिल गराई चलचित्र देखाईएको हो । आइतवार पुर्नस्थापना केन्द्रमा रहेर उपचार र परामर्श गरिरहेका ५६ जनालाई नेपाली चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको सञ्चालक गुणराज गुरुङले जानकारी दिए ।

चलचित्रको पर्दा पछाडी एउटा परिवारमा आफ्नो बुवाले आफ्नो छोराछोरीको भविष्यको लागि गरेको संघर्षका कथा बस्तु देखाउन दुव्र्यसनमा फसेर पुर्नस्थापना केन्द्रमा रहेकाहरुले बुझ्न सकुन, मनन गर्न सकुन, यस चलचित्रबाट केही सिकुन भन्ने हिसाबले म्याङ्गो जनज्योती हल पर्सामा चलचित्र देखाईएको हो ।

समाजमा पुर्नस्थापित गर्नका लागि केन्द्रमा रहेकालाई बाहिरी वातावरणमा घुलमिल गराउन आवश्यक रहेको सञ्चालक गुरुङले बताए । उनले भने, “उहाँहरुलाई बाहिरी दुनियामा साक्षात्कार गराउनका लागि मर्निङ्ग वाक, ईभिनिङ वाक, फुटबल खेल लगाएत अन्य खेल खेलाउदै समाजमा पुर्नस्थापित गरिनेछ ।”

राप्ती पुर्नस्थापना केन्द्र सञ्चालन भएको ६ महिनाको अवधिमा १२ जना सुधार केन्द्रबाट घर फर्किएको हुनाले उहाँहरुको परिवारबाट राम्रै प्रतिक्रिया आईरहेको उनको भनाई छ । पुर्नस्थापना केन्द्रमा बस्नेलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले त्यस गलत सोचाईलाई परिवर्तन गर्न यस केन्द्रले नौलो प्रयास सुरुवात गरेको उनको भनाई छ ।

म्याङ्गो जनज्योती हल पर्साका सञ्चालक शिव प्रसाद उप्रेतीले पुर्नस्थापना केन्द्रमा बसेकाहरुले पूर्ण वहादुरको सारङ्गी चलचित्र हेर्दै गर्दा मेरो घर परिवारमा बुवाले, आमाले मलाई हुर्काउन, मेरो लालन पालनमा धेरै संघर्ष गर्नुभएको छ भनेर उहाँहरुले पक्कै पनि बुझ्ने विश्वास लिएको बताए । केन्द्रमा बसेकाहरुले फिल्म हलभित्र आम दर्शकहरु झै अनुशासित भएर चलचित्र हेरिदिएको प्रतिक्रिया समेत उनले दिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.