दुबई
दुबईमा मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फेब्रुवरी २२ र २३ मा हुने भएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गर्दै आएको यो अडिसन फेब्रुवरी २२ र २३ मा हुने आइतबार दुबईमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विस्वभर छरिएर रहेका नेपाली जातीका समुदाएका गायन र नृत्य क्षेत्रका उत्कृस्ट प्रतिभाहरुको पहिचान गर्नका लागि विस्वस्तरिय शोहरु गर्दै आएको कार्यक्रमका संयोजक आशिष पुरुषले जानकारी दिनुभयो । यसको लागि विस्वको अन्य मुलुकहरुमा पनि सुरु हुन थालेको उहाले बताउनु भयो ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा रहेका भएपनि नेपाली कला संस्कृति जगेर्ना गर्ने उदेस्यले यी दुइ रियालिटी शोहरु आयोजना गरिएको कार्यक्रम संचालक ड्यान परियारले बताउनु भयो । नेपाली कला संस्कृतीलाई सम्बर्धन , प्रबर्धन र विकास गर्ने उदेस्यले अडिसन आयोजना गर्दै आएको आयोजकले ह्जानाकारी दिएको छ ।
नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको यस अडिसनमा युएईमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई यसमा भाग लिएर आफ्नो प्रतिभा प्रस्तुत गरेर पुरस्कारको पनि भागीदार हुन संयोजक पुरुषले आग्रह गर्नु भएको छ । युएइमा रहनु भएका सम्पूर्ण संघसस्थाहरुको सहयोगको अपेक्षा गर्दै उहाले सबैलाई उअपस्थितिको लागि पनि आग्रह गर्नु भएको छ ।

फेब्रुअरी २२ र २३ तारिख ब्लु प्यालेस रेस्टुरेन्ट बर दुबईमा अडिसन हुने र यसको लागि नेपालबाट भ्वाइस र नृत्यमा पोख्त तथा चर्चित कलाकार , निर्णायकहरु आउने तयारि भै सकेको पनि उहाले जानकारी दिनु भयो । गत बर्षको अडिसनमा ११ र ६ जना दुबइबाट छनौट हुनु भएको र यसपटक त्यो भन्दा बढी हुने उहाले दाबि गर्नु भयो ।
कार्यक्रममा सुमन उदय, गोबिन्द ढकाल, ठाकुर ढुंगाना, सुरज नेपाल , हर्क लोप्चन, अनुप तामाङ्ग ,सगुन शर्मा , भिम मल्ल, सुन्दर पोख्रेल, कविराज सुबेदी, जे सागर, जनक गोले, एमडी बोहोरा लगायतले कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।