आज मितिः २०८३ बैशाख ५ गते

भरतपुर वडा नं.१२ मा १५ दिने आईटी तालिम सम्पन्न

भरतपुर

भरतपुर महानगरपालिका १२ मा संचालित ६० घण्टाको आई.टी ( Computer Fundamental & Graphics Designing ) तालिम समापन भएको छ । आ.व २०८१/८२ को आई.टी को माध्यमबाट रोजगारी सृजना तथा आई.टी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत Devsign Technologies तालिम सम्पन्न  भएको हो।

भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा प्रमुख अतिथि पूर्व मन्त्री- सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश सरकारका विजय सुवेदी रहनु भएको थियो । त्यस्तै सीइओ ड्रीम टेक नेपाल प्रालिका तालिम संयोजक  रवि तिवारी, सीईओ डिभसाइन टेक्नोलोजिज प्रालिका प्रमुख प्रशिक्षक दिपेन्द्र सुनुवार  रहनुभएको थियो ।

वडा सचिव विष्णु घिमिरेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य तालिम संयोजक रवि तिवारी तथा मन्तब्यमा प्रमुख अतिथी पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीले राख्नु भएको थियो । विद्यार्थिको तर्फबाट निर्मला अधिकारी र सरोज नेपालीले आफ्ना भनाइहरु प्रस्तुत गर्नु  भएको थियो । २५ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी, वडा अध्यक्ष तथा शिक्षकहरुले  हार्दिक बधाई सहित तालिमको प्रमाणपत्र वितरण गरी वडा अध्यक्षले कार्यक्रम समापन गर्नु भएको थियो ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.