आज मितिः २०८३ बैशाख ६ गते

प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन

भरतपुर –

प्रेस सेन्टर चितवन नेपालको अध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन् । आइतबार सम्पन्न सेन्टरकाे वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले आचार्यकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

उपाध्यक्षमा नवीन बाबु मरहटठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन भएका छन्। अन्य पदाधिकारीमा सचिव सुरेन कुँवर, सहसचिव हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई छन्। कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्।

सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

 

महानगर कमिटीमा अध्यक्ष किशोर चन्द्र सापकोटा, उपाध्यक्ष रबिनचन्द्र अधिकारी, सचिव आयुष न्यौपाने, कोषाध्यक्ष सुमन सुवेदी चयन भएका छन्। सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित एकजना थप गरी ११ सदस्य निर्वाचित भएका छन्।

 

केन्द्रीय प्रतिनिधिहरूमा सूर्य पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवन प्रसाद उप्रेती र उर्गेन तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.