मुक्तक- झिलमिल् भएर पनि शहर झिलमिल जस्तो लागेन। उदार दिल पनि कोही बेला दिल जस्तो लागेन। भीडहरुमा आफूलाई एक्लोपनको आभाष भयो तिमी नहुँदा महफिल महफिल जस्तो लागेन॥। पूजा अपेक्षा युएई
काठमाडौंमा- विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाँको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ । संगीतका २४ विधा र…
काठमाडौं- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो…
पहाडी जीवन (मन्दाक्रान्ता छन्द ) क्वैली उड्दा कुहुकुहु गरी बज्छ पाखाेपखेराे । राख्ने छैनन् प्रकृति जननी भाव तेरो र मेरो ।। धेरै राम्राे वन छ हरियो दाँज्न सक्तैन भाइ । पाना पाेत्नै कठिन अहिले लाग्न थाल्याे मलाई ।।१।। गट्टा ठट्टा जमपिङ चुँगी भुल्न साह्रै छ गाह्राे । बस्ती मेरो सहर नभई गाउँ हाे गाउँ प्यारो ।। सेतैसेताे घरभरि कुवा दिन्छ क्या मिष्ट पानी । छम्छम् नाच्छिन् प्रकृति तरुनी गाउँकी फूल रानी ।।२।। भुल्छन् पीडा सब पथिकका छन्द गाना सुनेर । दिन्छिन् रानी प्रकृतिपनकी फूलमाला उनेर ।। बालीनाली लहलह गरी झुल्छ साैन्दर्य छाई । आफैँ फुर्छन् फुरुरु कविता गाउँ घुम्दा मलाई ।।३।। …
चितवन- चितवनको भरतपुरमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा बाराकी सरू बस्नेत प्रथम भएकी छिन्। भरतपुर १३, नवसाहित्य मञ्जरी , चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट संकलित दुई सय कवितामध्ये निर्णायकहरूको मूल्यांकनपछि उत्कृष्ट नौवटा कविता छनोट गरेर शनिबार अन्तिम प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा बस्नेत प्रथम, नुवाकोटका कृष्णप्रसाद पौडेल दोस्रो र दाङका हरिप्रसाद पौडेल तेस्रो भएका छन्। सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको छन् । प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुईजनाले जनही पाँच पाँच हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन्। विजयीहरूलाई भरतपुर महानगरपालिका– १३ का…
“गुनासो” बिहेमा जन्ती लिई आयौ मण्डपबाट उठाइ लिई गयौ वाचा, कसम खाई सिन्दुर हाल्यौ मेरो जीवनमा हक जमाएर गयौ । उजाड थियो जीवन लाग्यो हरियाली छायो अटुट नाता सम्बन्ध सधैँका लागि गाँसियो तर क्षणिक रहेछन् मेरा भावनात्मक कुरा टुटी गए यी निश्छल आँखाका सपना । मेरो सिउँदोमा थियो सिन्दूर तिम्रो नामको मेरो गलामा थियो मङ्गलसूत्र तिम्रो नामको मेरो कोखमा थियो बच्चा तिम्रो नामको अब भन के छ तिमीसँग मेरो नामको ? के नाम दिउँ म हाम्रो सम्बन्धलाई ? वैवाहिक नाता बिचैमा अलमलमा पर्यो न तिम्रो गल्ती थियो न मेरो तर जीवनभर भएँ म एक्लो । …
अछाम- अछाममा साहित्य उत्सव तथा कृषि मेला आयोजना गरिएको छ। कृषि र पर्यटन प्रवर्द्धनका लागि आकर्षक पर्यटकीयस्थल र टुर प्याकेजले मात्र हैन साहित्य उत्सवले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने प्रमाणित गरिदिएको छ, अछामको ढकारी गाउँपालिकाले। कला, संस्कृति, परम्परा, रीतिरिवाज र साहित्यको मात्र होइन, रैथाने अन्न बालीको समेत उर्वर भूमिका रूपमा परिचित ढकारीले कृषि र पर्यटनको प्रचारप्रसारका लागि साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनीको आयोजना गरेर देशभरका साहित्यकारहरूलाई समृद्धिका रचनावाचन गराएको छ। सधैँ मायाप्रेम, देशप्रेम, राजनीति र समाजका विविध पक्षमा रचना गर्ने कवि, गजलकार र अन्य विधाका साहित्यकारहरूले दुर्गममा पुगेर कृषि र पर्यटनबारे रचना सुनाएपछि अहिले ढकारीको देशमै बेग्लै…
गजल- जमाना रहेछ नक्कली जलप भर्न सुनको तारालाई हतार सधै दर्शन गर्न जुनको । बादलुले छेक्यो क्यार सुसेलि सुनियो यहाँ पङ्ख भए उडीजान्थे रक्षा गर्न उनको । बादल फाटे पछि पङ्ख उड्न आटे पछि रोकिदैन सुर्यको गति दर्शन गर्न जुनको । हृदयमा राधाकृष्ण भजन गाउदा मिठो राधे राधे कृष्ण बासुरीमा स्वर भर्न धुनको । उदाउँदा अस्ताउँदा उहि एउटै आकाश अधेरी कुर्छिन धर्ती सधैं शीत छर्न जुनको । जयन्ति अधिकारी लामिछाने भरतपुर चितवन
काठमाडौँ- कवि शान्ता भट्ट (देवकोटा) को कवितासङ्ग्रह ‘उन्मुक्त मन’ को लोकार्पण गरिएको छ । प्रकाशक प्राज्ञिक बुक्सद्वारा काठमाडौँको बागबजारमा आयोजित एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरिएको हो। सङ्ग्रहलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा.मधुसुदन गिरी, प्राज्ञ डा. कौशिला रिसाल, कार्यक्रमका सभाध्यक्ष बद्रिप्रसाद ढकाल, समीक्षकहरु उपप्राध्यापक राजिन पनेरु र उपप्राध्यापक अनुपमा रेग्मी लगायतले सो कृतिको सामुहिक लोकार्पण गर्नुभएको हो । कृतिको बारेमा समीक्षा गर्दै अनुपमा रेग्मीले कवि शान्ताको सिर्जन शक्ति राम्रो भएको भन्दै उज्जल भविष्यको कामना गर्नुभयो । समीक्षक राजिन पनेरुले आयामको दृष्टिबाट कृति उन्मुक्त रहेको बताउनु भयो । वादको आँखाले हेर्यो भने रचनाहरु नमिल्न सक्ने बताउँदै उहाँले उन्मुक्त र घोषित संरचनामा नबाँधिएको…
देवचुली- काव्यमार्फत् प्रकृति संरक्षणको मुद्धालाई बुलन्द पार्न २०७५ सालमा सुरु भएको घडियाल काव्य उत्सवको तेस्रो संस्करण माघ अन्तिम साता हुने भएको छ । पूर्वी नवलपरासीको देवचुलीमा रहेको आभानी मिडियाद्वारा संचालित १०३.८ ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गर्न लागेको हो । नेपालकै पर्यटकीय गन्तव्यको रुपमा परिचित देवचुलीमा रहेको शाश्वतधाम परिसरमा यहि माघ २८ र २९ गते आयोजना गरिने घडियाल काव्य उत्सवमा लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । तेस्रो संस्करणका लागि संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्ताहरुसँग प्यानल छलफल समेत गरिने कार्यक्रम संयोजक…