गजल-
जमाना रहेछ नक्कली जलप भर्न सुनको
तारालाई हतार सधै दर्शन गर्न जुनको ।
बादलुले छेक्यो क्यार सुसेलि सुनियो यहाँ
पङ्ख भए उडीजान्थे रक्षा गर्न उनको ।
बादल फाटे पछि पङ्ख उड्न आटे पछि
रोकिदैन सुर्यको गति दर्शन गर्न जुनको ।
हृदयमा राधाकृष्ण भजन गाउदा मिठो
राधे राधे कृष्ण बासुरीमा स्वर भर्न धुनको ।
उदाउँदा अस्ताउँदा उहि एउटै आकाश
अधेरी कुर्छिन धर्ती सधैं शीत छर्न जुनको ।
- जयन्ति अधिकारी लामिछाने
भरतपुर चितवन