आज मितिः २०८३ आश्विन १ गते

ताजा अपडेट

एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश निषेध, विवाद चुलियो

एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश निषेध, विवाद चुलियो

काठमाडौं, वैशाख २६ — अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश गर्न नदिइएपछि विवाद उत्पन्न भएको छ। एन्फाको कार्यालय परिसरमा थापाले प्रवेशको प्रयास गरेपछि सुरक्षा कर्मचारीहरूले उनलाई प्रवेश गर्न रोक लगाए, जसपछि तातो बहस र बिवाद सिर्जना भएको हो। गणेश थापाले आफ्नो पूर्वाधिकारको दाबी गर्दै सभामा सहभागिता जनाउन खोजेका थिए, तर एन्फा द्वारा थापाको प्रवेश निषेध गरिएको कारण विभिन्न आरोप र प्रत्यारोपका साथ विवाद चुलियो। थापाले एन्फाको हालको नेतृत्वविरुद्ध आरोप लगाउँदै, आफूलाई अन्यायपूर्वक बाहिर राखिएको दाबी गरेका छन्। थापालाई प्रवेश नदिएको एन्फा प्रशासनको तर्क भने यो थियो कि थापाको फिफा द्वारा लागु गरिएको प्रतिबन्ध अझै समाप्त…
Read More
रक्त क्यान्सर रोगले पीडित प्रजितालाई सहयोगको अपिल

रक्त क्यान्सर रोगले पीडित प्रजितालाई सहयोगको अपिल

चितवन- गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं ५ खज्याङ निवासी ८ बर्षीय प्रजिता श्रेष्ठको उपचारको लागि आर्थिक सहयोगको अपील गरिएको छ ।   प्रकास श्रेष्ठ तथा रन्जना अर्याल श्रेष्ठकी एकमात्र छोरी प्रजिता विगत पाँच महिनादेखि रक्त क्यान्सर रोगले पीडित छिन् । सामान्य आर्थिक अबस्थाका श्रेष्ठ दम्पतीले छोरीको जीवन रक्षाको लागि सहयोगी महानुभावहरुमा आग्रह गरेका छन् । काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचाररथ प्रजिताको थप उपचारमा आर्थिक अभाव भएको उनका बुवा प्रकासले जानकारी दिए ।   अहिले सम्म छोरीको उपचार गर्दा १२ लाख रुपैया खर्च भइसकेको भन्दै आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको बताए । डाक्टरको सल्लहा बमोजिम उनलाई तीन बर्ष…
Read More
रेशम चौधरी प्रकरणमा सरकारको पूर्वाग्रह छैन : गृहमन्त्री लेखक

रेशम चौधरी प्रकरणमा सरकारको पूर्वाग्रह छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा संसदलाई जानकारी दिँदै सरकारले कुनै पूर्वाग्रह राखेर होइन, अदालतको आदेश मानेर कानुन कार्यान्वयन गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार, सर्वोच्च अदालतका एक शाखा अधिकृत महिमानसिंह विष्टले अदालतको आदेशझैँ देखिने पत्र लिएर प्रहरी कार्यालय पुगेपछि प्रहरी महानिरीक्षकले त्यसलाई वैध ठानेर चौधरीलाई पक्राउ गराएका थिए। पछि सो पत्र अदालतको आधिकारिक नभएको खुलेपछि चौधरीलाई तुरुन्त रिहा गरिएको हो। गृहमन्त्रीले अनधिकृत पत्र लेख्ने अधिकृतविरुद्ध कीर्ते, झुटा जानकारी र आदेशको अवज्ञाजस्ता आरोपमा अनुसन्धान भइरहेको जानकारी पनि दिए। साथै, यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई सचेत रहनुपर्नेमा उनले जोड दिए।
Read More
परिवेश अनुसारको सिकाई आजको आवस्यकता : नगर शिक्षा अधिकृत सिलवाल

परिवेश अनुसारको सिकाई आजको आवस्यकता : नगर शिक्षा अधिकृत सिलवाल

बैशाख २०, रत्ननगर । रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले आज अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिक पुरस्कार वितरण, नया विद्यार्थीहरुलाई स्वागत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत ८७ जना नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सोहि कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुले विविध भेषभुषामा सजिएर दर्जन बढी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी रत्ननगर नगरपालिकाकी नगर शिक्षा अधिकृत सुमना सिलवालले परिवेश अनुसारको सिकाई कार्यक्रमलाई विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । हरेक जात जातीको संस्कृति तथा परम्परालाई विद्यार्थीले विद्यालय तह बाटै बुझ्न जरुरी रहेको भन्दै एञ्जल्सले यस सम्बन्धी कार्यक्रमलाई जोड दिएको भन्दै प्रशंशा समेत…
Read More
सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोक निवासी सरला शर्माको पहिलो कृति “उसैले जन्माएको छोरो” लघुकथा संग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले कृति सार्वजनिक गरेका हुन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा छन् । कथासंग्रहमा नेपाली समाजको चित्रण, वैदेशिक रोजगारीको पीडा, नारी बेदना, विभेद, सामाजिक विकृति, जीवबस्तु प्रतिको प्रेम लगायतलाई उतारिएको छ । कृतिमाथि बोल्दै कवि तथा निबन्धकार भूपिन खड्काले शर्माको कथा संग्रहहरू छोटोमा पढ्न सकिने र जीवनभर तरङ्गित गरिरहने खालका भएको बताए । नारी वेदनालाई एैना…
Read More
गगन थापा विरुद्ध अदालतमा निवेदन दर्ता

गगन थापा विरुद्ध अदालतमा निवेदन दर्ता

१४ वैशाख, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता अनन्तराज लुईंटेल लगायतले थापालाई अवहेलनामा कारबाही हुनुपर्ने माग राखी निवेदन दर्ता गरेको, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिनु भयो । उक्त निवेदन माथि आगामी मंगलबार प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ । केही दिनअघि कांग्रेस महामन्त्री थापाले  ' ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन दर्ता भएको हो ।
Read More
चितवनमा मोटरसाइकल ठोक्किंदा आगलागी ।

चितवनमा मोटरसाइकल ठोक्किंदा आगलागी ।

१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–७ वंशिचोकमा दुई मोटरसाइकल ठोक्किंदा आगलागी भएको छ । आगलागीबाट एउटा मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ । आज बिहान ८ः४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु २७ प २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।मोटरसाइकल ठोक्किंदा दुवै चालक घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ना ५३ प ११७३ का चालक २८ वर्षीय सविन कुमालको हात खुट्टामा चोट लागेका छ भने अर्को चालक ३५ वर्षीय रामकुमार महतोको दाहिने हात भाचिएको छ ।मोटरसाइकल आपसमा ठोक्किंदा आगो समेत…
Read More
प्रधानमन्त्रीले भोलि सम्बोधन गर्नु हुने ।

प्रधानमन्त्रीले भोलि सम्बोधन गर्नु हुने ।

११ वैशाख, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्नु हुनेछ । भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । ‘भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ,’ बर्तौलाले भन्नुभयो , ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’
Read More
विभिन्न ठाऊमा अत्याधिक गर्मी हुने चेतावनी ! कसरी जोगिने ?

विभिन्न ठाऊमा अत्याधिक गर्मी हुने चेतावनी ! कसरी जोगिने ?

चितवन । मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिम तराईमा तापक्रम अझै बढेर अत्यधिक गर्मी हुने चेतावनी दिएको छ । मधेशसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिका तराईका धेरै स्थानमा आगामी शुक्रबारसम्म अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । त्यसमा पनि गण्डकीका नवलपरासी, भैरहवा, कपिलवस्तु, दाङको दक्षिणी क्षेत्र, बाँके र बर्दियामा तातो हावाको लहर चल्न थालेको छ । मधेशसँगै सुदूरपश्चिमका तराईको तापक्रम भने बुधबार ३९ डिग्रीसम्म कायम रह्यो । तर, पूर्वी तराईमा ३५ डिग्रीआसपाससम्म पुगेको थियो । पूर्वी तराईमा भने स–सानो मौसमी प्रणालीका कारण बादल र वेलावेला वर्षा पनि भइरहेकाले तापक्रम बढ्न पाएको छैन । भैरहवाको तापक्रम उच्च कायमै बुधबार पनि सबैभन्दा धेरै तापक्रम भैरहवामा मापन…
Read More
निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२को परिक्षा गराउने सरकारको निर्णय

निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२को परिक्षा गराउने सरकारको निर्णय

  चितवन- निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा गराउने निर्णय  सरकारले लिएको  छ।  आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले  निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी भई सहज तरिकाले सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए। ती पदाधिकारीका अनुसार परीक्षा सञ्चालन जिल्ला समन्वय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.