आज मितिः २०८३ बैशाख ९ गते

रक्त क्यान्सर रोगले पीडित प्रजितालाई सहयोगको अपिल

चितवन-

गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं ५ खज्याङ निवासी ८ बर्षीय प्रजिता श्रेष्ठको उपचारको लागि आर्थिक सहयोगको अपील गरिएको छ ।

 

प्रकास श्रेष्ठ तथा रन्जना अर्याल श्रेष्ठकी एकमात्र छोरी प्रजिता विगत पाँच महिनादेखि रक्त क्यान्सर रोगले पीडित छिन् । सामान्य आर्थिक अबस्थाका श्रेष्ठ दम्पतीले छोरीको जीवन रक्षाको लागि सहयोगी महानुभावहरुमा आग्रह गरेका छन् । काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचाररथ प्रजिताको थप उपचारमा आर्थिक अभाव भएको उनका बुवा प्रकासले जानकारी दिए ।

 

अहिले सम्म छोरीको उपचार गर्दा १२ लाख रुपैया खर्च भइसकेको भन्दै आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको बताए । डाक्टरको सल्लहा बमोजिम उनलाई तीन बर्ष सम्म औषधि सेवन गर्नु पर्ने बताएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.