आज मितिः २०८३ बैशाख १२ गते

चितवनमा मोटरसाइकल ठोक्किंदा आगलागी ।

१२ वैशाख, चितवन ।

चितवनको भरतपुर महानगरपालिका–७ वंशिचोकमा दुई मोटरसाइकल ठोक्किंदा आगलागी भएको छ । आगलागीबाट एउटा मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ ।

आज बिहान ८ः४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु २७ प २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।मोटरसाइकल ठोक्किंदा दुवै चालक घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा ना ५३ प ११७३ का चालक २८ वर्षीय सविन कुमालको हात खुट्टामा चोट लागेका छ भने अर्को चालक ३५ वर्षीय रामकुमार महतोको दाहिने हात भाचिएको छ ।मोटरसाइकल आपसमा ठोक्किंदा आगो समेत बलेको थियो । उक्त आगोबाट ना ५३ प ११७३ नम्बरको मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.